काठफोर्ड इन्टरनेसनल कलेजद्वारा नेपालमै पहिलो पटक बिबिए प्लस र बिबिएम प्लस कार्यक्रम सुरु

वि.सं.२०८० भदौ २६ मंगलवार २१:११

काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले नेपालमा पहिलोपल्ट बिबिए प्लस र बिबिएम प्लस कार्यक्रमको शुभारम्भ गरेको छ ।
आज काठफोर्ड इन्टरनेसनल कलेजले हिमालय होटलमा एक विशेष समारोहका बीच उक्त कार्यक्रमको उद्घाटन गरेको हो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन, प्रोफेसर डाक्टर डिल्ली राज शर्माले राम्रो नेतृत्व निर्माणका लागि पनि नयाँ नयाँ कार्यक्रम लन्च हुनु पर्ने बताए ।
‘हामीले विद्यार्थीहरुलाई लिडर गर्न सक्ने क्षमता दिनै पर्छ । सहमत गराउँन सक्ने बनाउँनु पर्छ, हाम्रो देशका नेताहरुले काम नगरे पनि बोलिबाट नै जनतालाई सहमत गराएर जिन्दावाद, मूर्दावाद भन्न सक्ने बनाउँछ त्यो पनि क्षमता नै होनी यसको साथै राम्रोसँग संवाद गर्न सक्ने क्षमता पनि विकास गर्न सक्नु पर्छ।’
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भने विद्यमान डिजिटल व्यवसायिक क्षेत्रका लागि विद्यार्थीहरुलाई तयार पार्न बिबिए प्लस र बिबिएम प्लसको भूमिका निर्णायक रहने भन्दै प्रविधिमूखी विश्वमा सफल हुन आवश्यक शीप र ज्ञानबाट विद्यार्थीहरुलाई यी विषयहरुले सामर्थता प्रदान गर्ने पनि बताएका छन् ।
उक्त समारोहमा नेपालका प्राज्ञिक क्षेत्र र निजी क्षेत्रका व्यक्तित्वहरु, विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागीता रहेको थियो ।
यस्तै कार्यक्रममा व्यवस्थापन संकायका डिन, प्रोफेसर डाक्टर डिल्ली राज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिति सदस्य प्रोफेसर डाक्टर महानन्द चालिसे, ई सेवाका सिइओ श्री जगदीश खड्का, नेपाल बैक लिमिटेडका सहायक सिइओ मनोज ज्ञवाली र प्राज्ञिक र औद्योगीक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।