Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

हाइड्रोपावरको क्षेत्रमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

 

काठमाडौं । उर्जा तथा जलश्रोत मन्त्री, शक्ति बहादुर बस्नेतले, हाइड्रोमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडांमा आयोजित कोरीयाली सहयोगमा नेपालमा बन्न लागेको माथिल्लो त्रिशुली एक हाइड्रो पावर प्रोजेक्टको आधारशीला निर्माणको शुभारम्भ कार्यक्रममा उनले, नेपाल दिगो विद्युत उत्पादनमा प्रतिबद्ध रहेको बताए ।

भारतले नेपालमा उत्पादीत विद्युत खरिदका लागि प्रतिवद्धता जनाइसकेको र बंगलादेशले पनि चासो देखाएकोले नेपालको हाइड्रो प्राजेक्टको सम्भावना बलियो रहेको उनले बताए ।

उनले माथिल्लो त्रिशुली एक निर्माणको काम तोकिएको समयमै सकिने विश्वास व्यक्त गर्दै अहिलेसम्मको प्रगतिप्रति खुसी व्यक्त गरे ।

उनले नेपालमा लगानी गरेकोमा कोरीयाली लगानीकर्तालाई धन्यवाद दिदैँ आवश्यक सहयोगका लागि सरकार सदैव तयार रहेको बताए ।

त्यस्तै थप लगानीका लागि आग्रहगर्दै सरकार लगानीको सुरक्षाका लागि आवश्यक कुराहरु पुरा गर्न तयार रेहेको बताए ।

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८।७५ प्रतिशत हिउँदयाममा र ६१।२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ ।

आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

 

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

वि.सं.२०८२ असार ९ सोमवार २२:०८

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको...

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...