CG Electronics
IME Life
NIMB

हाइड्रोपावरको क्षेत्रमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

NIMB
Himalayan Bank

 

काठमाडौं । उर्जा तथा जलश्रोत मन्त्री, शक्ति बहादुर बस्नेतले, हाइड्रोमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडांमा आयोजित कोरीयाली सहयोगमा नेपालमा बन्न लागेको माथिल्लो त्रिशुली एक हाइड्रो पावर प्रोजेक्टको आधारशीला निर्माणको शुभारम्भ कार्यक्रममा उनले, नेपाल दिगो विद्युत उत्पादनमा प्रतिबद्ध रहेको बताए ।

भारतले नेपालमा उत्पादीत विद्युत खरिदका लागि प्रतिवद्धता जनाइसकेको र बंगलादेशले पनि चासो देखाएकोले नेपालको हाइड्रो प्राजेक्टको सम्भावना बलियो रहेको उनले बताए ।

उनले माथिल्लो त्रिशुली एक निर्माणको काम तोकिएको समयमै सकिने विश्वास व्यक्त गर्दै अहिलेसम्मको प्रगतिप्रति खुसी व्यक्त गरे ।

उनले नेपालमा लगानी गरेकोमा कोरीयाली लगानीकर्तालाई धन्यवाद दिदैँ आवश्यक सहयोगका लागि सरकार सदैव तयार रहेको बताए ।

त्यस्तै थप लगानीका लागि आग्रहगर्दै सरकार लगानीको सुरक्षाका लागि आवश्यक कुराहरु पुरा गर्न तयार रेहेको बताए ।

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८।७५ प्रतिशत हिउँदयाममा र ६१।२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ ।

आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...