CG Electronics
IME Life
NIMB

महेश कुमार श्रेष्ठद्वारा एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा

NIMB
Himalayan Bank

 

काठमाडौं । गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका श्रेष्ठले, ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले सबल, साझा र एकतावद्ध एनआरएनए बनाउँने प्रमुख उद्देश्य र प्राथमिकतासहित ५ रणनीति र २५ योजनासमेत सार्वजनिक गरेका छन् ।

उनले २ वर्षको कार्यकालका लागि तयार गरिएको ठोस कार्ययोजनाहरुलाई समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘सबल, साझा र एकतावद्ध एनआरएनए परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउँने मेरो प्रमुख उद्देश्य र प्राथमिकता हुनेछ । म पद र प्रतिष्ठाभन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुदैँ आएको छु । आगामी २ वर्षको कार्यकालमा मैले गर्ने कामलाई ५ नीतिगत प्राथमिकतामा विभाजन गरि ठोस कार्ययोजनाहरु प्रस्तुत गरेको छु । यी कार्ययोजनाहरु समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । ’

एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौंमा हुने मिति तय गरिएको छ ।
श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, विदेशमा रहेका नेपाली श्रमिकहरुको अधिकार, नेपालको समृद्धि र विकासमा गैर आवासीयनेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गरेका हुन् ।

कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन् । जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सिइओ, तोनानकम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड साथै सिटी ट्राभल एन्ड टुर कम्पनीमा उनी निर्देशक रहेका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...