यस वर्षको कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ ‘वाद्यवादक गन्धर्व’लाईं
Monday Nov 06, 2023
वि.सं.२०८० कात्तिक २० सोमवार ०८:३५
काठमाडौं । यस वर्षको कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ गायक एवम् वाद्यवादक कृष्ण बहादुर गन्धर्वले पाएका छन् ।
आइतबार एक कार्यक्रमकाबीच नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्जना गुरुङद्धारा स्थापित कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८० गन्धर्वलाई प्रदान गरिएको हो ।
कार्यक्रममा सङगीतकार कन्हैया सिंह परियारले सङ्गीत कर्मीलाई वाद्यवादक पर्दा पछाडिको हिरो भएतापनि वाद्यवादकलाई पछाडि पार्ने गरिएकोले प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको बताए ।
उनले निर्जिव गीतलाई वाद्यवादकले सङ्गीत भरेर बनाउने वाद्यवादकलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए ।
उनले भने,‘एउटा सङ्गीत कर्मीलाई वाद्यवादक पर्दा पछाडिको हिरो हुन्छ । वाद्यवादक र्भन भने गीत निर्माण नै हुन सक्दैन् । वाद्यवादक नभए गीत शब्दमा मात्र निर्जिव हुन्छ । त्यसलाई सङ्गीतमा ढाल्न वाद्यवादकको प्रयोग गरिएको हुन्छ तर हेला हुन्छ ।
त्यसलाई हामी पर्दा पछाडि राख्छौं । वास्ता गर्दैनौ तर मलाई गर्व लागेको छ । हाम्रो टिमले निर्जिवलाई जीव बनाउने वाद्यवादकलाई सम्मान गर्न पाउदा ।’

























