CG Electronics
IME Life
NIMB

आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्कको आकर्षक अफर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्ककाे आकर्षक अफर सार्वजनिक भएकाे छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै होटल ल्याण्डमार्कले आकर्षक अफरहरू सार्वजनिक गरेको हो । ल्याण्डमार्कका अफरहरूमध्ये केही चाडबाड लक्षित पनि रहेका छन । चाडबाडको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि राहत दिने उद्देश्यले यस्तो अफरहरू सार्वजनिक गरिएको ल्याण्डमार्क होटलका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिए ।

होटल ल्याण्डमार्कको मुख्य उद्देश्य भनेको पाहुनाहरूको सेवा रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौँ, पोखरा र चितवन प्रतवद्ध रहेको बताए ।

उनले चाडबाडको समयमा नेपालीहरूले आन्तरिक पर्यटनमा रमाउन उत्प्रेरित गर्न विभन्न प्याकेज सार्वजनिक गरिएको बताए । ल्याण्डमार्क होटल्स रिसोर्ट्स एण्ड स्पा नेपालको अग्रणी होटेल ब्रान्ड हो। यस होटल सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ।

ल्याण्डमार्क फरेस्ट पार्क चितवनले दुई रात तीन दिनको प्याकेज सार्वजनिक गरेको छ । जुन प्याकेज नोभेम्बर ३० सम्म कायम रहने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।

चितवनको ल्याण्डमार्कमा मजाको जंगल अनुभव गर्न पाइन्छ । होटलले सोही अनुसारको प्याकेज तयार गरेको छ । राप्ती नदीको किनारमा दुई रात तीन दिन बस्दा गैंडा र बाघलाई नजिकबाट नियाल्न पाइनेछ ।

स्थानीय गाउँहरू अन्वेषण गरेर जीवन्त थारु संस्कृतिमा रमाउन पाइनेछ । यस प्याकेजमा मकटेल, ब्रेकफास्ट, लञ्च, डिनर, पार्क परमिट, शेफ स्पेशल र दुई गिलास वाइन पाइन्छ ।

यस्तै ल्याडमार्क पोखराले दुई रात तीन दिनको पोखरा उत्सव प्याकेज तयार गरेको छ । जसमा मकटेल, ब्रेकफास्ट, लञ्च, डिनर, पार्क परमिट, शेफ स्पेशल र दुई गिलास वाइन समेटिएको छ ।

यो प्याकेज पनि नोभेम्बर ३०सम्म कायम रहनेछ । त्यस्तै ल्यान्डमार्क काठमाडौँको प्याकेजमा भव्य शैलीमा चाडपर्व मानाउन सकिने छ ।

काठमाडौँ शहरको मुटु दरबारमार्गमा रहेको ल्याण्डमार्कमा बिलासी आवासको मजासँगै मकटेल, ब्रेकफास्ट, लञ्च, डिनर, पार्क परमिट, शेफ स्पेशल र दुई गिलास वाइन पाइन्छ । यो प्याकेज पनि नोभेम्बर ३० सम्म नै कायम रहनेछ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...