CG Electronics
IME Life
NIMB

युवासंघदरा आयोजित पब्जी टुर्नामेन्टको उद्घाटन, विजेताले २ लाख पाउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्रिय युवासंघ नेपाल साइबर सर्कल विभागले पब्जी टुर्नामेन्ट २०८०को उद्घाटन गरेको छ ।

 

राजधानीमा एक कार्यक्रमबीच युवासंघअन्तर्गतको सो विभागले पब्जी टुर्नामेन्ट २०८०को उद्घाटन गरेको हो ।
खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने उनको भनाइ छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष क्षितिज थेबेले टुर्नामेन्टले घरमै बसेर इन्टरनेटको माध्यमबाट पब्जी खेलसँग जोडिएका लाखौँ युवामा परेको नेपालले प्राप्त गरेका राजनीतिक उपलब्धि, गणतन्त्रबारे भएको वितृष्णा र नकारात्मकतालाई चिर्न सहयोग प¥याउने बताए ।

 

राज्यले पब्जी खेललाई प्राथमिकतामा राख्नेपर्ने पनि उनले बताए ।

उनले भने, ‘बलिदानपूर्ण रुपले प्राप्त गरेका उपलब्धि रक्षा गरौँ । जनतालाई आत्मसात हुनेगरी जीवन सापेक्ष राजनीतिलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्य राखेर ती युवालाई राजनीतिसँग जोड्न टुर्नामेन्ट आयोजना गरिएको हो ।’

उनले भने,‘समय सापेक्ष चल्न सक्नुपर्छ । विज्ञान र प्रविधीसँग जोडिनुपर्छ । ईगेमिङलाई राज्यले हेर्नुपर्छ ।’

खेलकुद क्षेत्रको विकासका लागि स्थापित सरकारी निकायबाटै ईगेमिडलाई बेवास्था गरेको उनको आरोप छ ।

युवासंघका महासचिव सुशील पुरीले पनि युवासंघद्वरा आयोजित पब्जी टुर्नामेन्ट २०८०ले पब्जी खेलमा आबद्ध युवामा देखिएको राजनीतिप्रतिको वितृष्णालाई चिर्न सहयोग पु¥याउने बताए ।

 

यस्तै, नेकपा एमाले युवासंघ साइबर विभागका प्रमुख अजित लामाले पब्जी टुर्नामेन्ट २०८०–ले पब्जी खेल राष्ट्रिय र अन्तर्राष्ट्रिय टुर्नामेन्ट भएको बताउँदै यसको श्रीवृद्धिमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

सन् २०२३ मा चाइनामा भएको एसियन गेममा पब्जी खेललाई समावेश गरेको स्मरण गर्दै उनले पब्जीलाई सर्वप्रथम ब्यान्ड गर्ने देशले नै उपाधि जितेको जानकारी दिए ।

उनले भने, ‘सर्वप्रथम पब्जी खेललाई भारतले ब्यान्ड गरेको थियो । तर, सन् २०२३ मा चाइनामा भएको एसियन गेम्मको उपाधि भारतले नै जित्यो ।’

धेरै नेपाली युवाहरु खेलाडी पब्जी खेलमा आबद्ध भएको र नेपालमा पब्जी खेलको प्रचार हुन नसकेको बताउँदै यसबारे ध्यान दिन आग्रहसमेत गरे ।

कार्यक्रममा राष्ट्रिय युवासंघका बागमती संघका प्रवक्ता तथा पब्जी कार्यक्रमका उपसंयोजक भानु पौडेल, राष्ट्रिय युवासंघका निर्वाचन आयोगका प्रमुख बलराम बेलवासे, युवासंघका केन्द्रीय सदस्य जय लामा, छिरिङ शेर्पा,काठमाडौ प्रेस चौतारी सचिब लक्ष्मण शर्मा काठमाडौं महानगर कमिटीका अध्यक्ष दिपेश सुधिकारलगायतको उपस्थिति थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...