CG Electronics
IME Life
NIMB

सरकारको कामबाट कांग्रेसकै नेताहरु सन्तुष्ट छैनन् : अध्यक्ष ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि असन्तुष्ट रहेको दाबी गरेका छन् ।

पार्टीले आयोजना गरेको ‘मध्यपहाडी संकल्प यात्रा’ का क्रममा आज बिहीबार भोजपुरमा आयोजित सभामा बोल्दै उनले यस्तनो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले सरकारको कामबाट नेपाली कांग्रेसकै नेताहरु समेत आजित भइसकेको दाबी गरे ।

उनले भने, ‘यो सरकारसँग नेपाली कांग्रेसकै नेताहर पनि आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर उनीहरु पनि असन्तुष्ट बनेका छन् ।’

देश दिनदिनै ओरालो लागेको भन्दै अध्यक्ष ओलीले यो अवस्थाबाट सबै क्षेत्र चिन्तित भएको बताए ।

देशलाई समृद्धितिर लैजान एमालेको सरकार आवश्यक भएको भन्दै गठबन्धनबाट मुलुकको विकास नहुने टिप्पणी उनले गरे ।

सुशासन र विकासका लागि कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने भन्दै ओलीले भने, ‘एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने देश बर्बाद हुन्छ ।’

यसैबीच, एमालेको संकल्प यात्रा आज धनकुटा पुगेको छ । धनकुटाका विभिन्न स्थानमा सभा आयोजना गरिने पार्टीले जनाएको छ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...