CG Electronics
IME Life
NIMB

संसदले प्रस्ताव गरेअनुसार सरकारले बजेट दिनुपर्छ : अध्यक्ष तिमल्सिना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सञ्चालनका लागि अर्थ मन्त्रालय र योजना आयोगले बजेटको सीमा तोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले अर्थ मन्त्रालय र योजना आयोगले संसद सञ्चालनका लागि दिएको बजेट कुनै एउटा मन्त्रालयले विभाग वा शाखालाई चलाउन बाँडेको खर्च जस्तो गरी संसदलाई बजेट दिएको भन्दै आगामी दिनमा संसदले प्रस्ताव गरेकै बजेट दिनुपर्ने बताए ।

बिहीबार सिंहदरबारमा संघीय संसद सचिवालयले आयोजना गरेको १७ औं संघीय संसद सेवा दिवस २०८० मूल समारोहमा अध्यक्ष तिमिल्सिनाले सरकारले संसदको बजेट कटौती गरेको भन्दै रुष्ट देखिए ।

उनले भने, ‘संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालयले, विभाग र शाखालाई जस्तो बजेट सिलिङ तोकेर पठाउने होइन । संघीय संसदले प्रस्ताव गरेअनुसारको बजेट पास गर्नुपर्छ ।’

उनले सरकारले कुनै एउटा मन्त्रालयले विभाग वा शाखालाई चलाउन पठाएजसरी संसदलाई बजेट दिने गरेको बताए । बजेट थोरै हुँदा संसदको काम कारबाही सञ्चालनमा असर परेको तर्क उनको छ ।

संसद अधिवेशन सञ्चालन, समिति सञ्चालन तथा संसदको नियमित काम कारबाहीका लागि आवश्यक न्यूनतम खर्चका लागि सरकारले संसदले प्रस्ताव गरे अनुसारकै खर्च रकम दिनुपर्ने उनको भनाई छ ।

‘शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसाथ गरेर नै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेका छौं । विधि र बजेट निर्माण गर्ने संसदको बजेट नै कुनै एउटा मन्त्रालयले तोकेर विभाग र शाखालाई दिएजस्तो बनाउनुहुन्न भन्ने कुरालाई ध्यान त दिनुपर्यो नि’ उनले भने ।

अध्यक्ष तिमल्सिनाले थपे, ‘भोलिका दिनमा अधिवेशनहरु, समितिहरुलाई चलाउन, विधेयकलाई पार गरेर कानून निर्माण गर्न लाग्ने न्यूनतम लाग्ने खर्चहरुको व्यवस्थापनका लागि जे हामीले प्रस्ताव गरेका हुन्छौं त्यो प्रस्तावमा बजेट आउनुपर्छ ।’

उनले संसदलाई आवश्यक बजेट दिए मात्रै पनि संसद भित्रका आधा गुनासा र समस्याको समाधान हुने जिकिर गरे ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...