CG Electronics
IME Life
NIMB

‘पठाओ सुपरफेस्ट-२०२३’ शुरू हुँदै, काठमाडौंमा एलियन देखिनुको रहस्य खुल्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ सुपरफेस्ट-२०२३’ आयोजना गर्ने घोषणा गरेको छ ।

पठाओले पुस ५ (डिसेम्बर २१) देखि ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नाराका साथ अहिलेसम्मकै ठूलो अफर सार्वजनिक गरेको हो ।

सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा केही ब्यक्तिहरू पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा देखिएका छन् । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ ।

एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो ।

सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू रहेको पठाओकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।

कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट हुने जनाएको छ । पठाओ सुपरफेस्ट यसअघि आयोजना भएको पठाओ फुड फेस्ट २०२३ भन्दा पनि भव्य हुने हमालले बताइन् ।

यस फेस्टमा १ प्लेटमा २० वटा म:म:, फ्राइज् किन्दा बर्गर फ्री, झोल किन्दा म:म: फ्री, एक रुपैयाँमै पिज्जा/ बर्गर/ म:म:/ बिर्यानी र आलु दममा रम फ्री लगायत सोच्नै नसकिने अफरहरू राखिएको हमालले जानकारी दिइन् ।

उनका अनुसार, अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा निशुल्क डेलिभरीको सुविधा समेत दिइएको छ ।

ग्राहकहरूलाई उपहारै उपहार

पठाओले सुपरफेस्टमा उपभोक्ताहरूका लागि पुरस्कार नै पुरस्कारको व्यवस्था गरेको छ । कम्पनीका अनुसार ग्राहकले हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड पाउनेछन् । जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने हमालले बताइन् ।
ग्राहकहरूले टेली डाइरेक्टको एमआई फोन, रेड्मी नोट १२, रेड्मी बड्स लगायतको खरिदमा छुट पाउनेछन् ।

सेवाग्राहीले चन्द्रागिरीबाट चल्ने बाबु एड्भेञ्चरको प्याराग्लाइडिङमा १००० रुपैयाँ तथा धुलिखेल जिपलाइनको तर्फबाट १२०० रुपैयाँको नगद भौचर प्राप्त गर्न सक्ने हमालले जानकारी दिइन् ।
यस्तै वाशिङ मेसिन, भ्याकुम क्लिनर, माईक्रोवेभ ओभन, रेफ्रीजेरेटर, राइस कुकर जस्ता हिटाचीका उत्पादनहरू खरिद गर्दा ग्राहकहरूलाई २५ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।
यस्तै डिशहोम टिमीमा एक महिनाको रिचार्ज कार्ड निशुल्क दिइनुका साथै ‘डिश होम गो’मा ३ महिनाको सब्सक्रिप्सन निशुल्क ग्राहकले पाउनेछन् । कम्पनीका अनुसार, डिशहोम इन्टरनेटमा नयाँ सब्सक्राइबरहरूलाई ६ महिनाको इन्टरनेट सब्सक्रिप्सन नि:शुल्क दिइनेछ । साथै ११० एमबिपिएस र २१० एमबिपिएसको इन्टरनेट प्याकेजहरूमा २५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

यसबाहेक स्क्र्याच कार्डमा यति एअरलायन्सको फ्लाइट बुकिङमा २०० रुपैयाँ छुट, दराज एपमार्फत सामान खरिदमा १०० रुपैयाँसम्मको १० प्रतिशत छुट, इना सेन्टरबाट हरेक हप्ता एक जनालाई अफनान प्रफ्युम र सबै प्रफ्युमहरूको खरिदमा एक हजार रुपैयाँ छुट पाइनेछ ।

सुपरफेस्टमा सहभागी हुने ग्राहकहरुले डोल्पो गियरका उत्पादन खरिदमा २० प्रतिशत छुटका साथै डोल्पो गोर्टेक्स फर ज्याकेट जित्ने मौका समेत पाउनेछन् ।

कम्पनीका अनुसार, न्युम्युको उत्पादनहरूको खरिदमा १५ प्रतिशतसम्मको छुट भौचरसमेत ग्राहकहरूले पाउन सक्नेछन् ।

कम्पनीका अनुसार, सुपरफेस्टमा बेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसी लगायतका उपहार जित्नेछन् ।

कम्पनीले जति धेरै अर्डर गर्‍यो उति धेरै पुरस्कार जित्ने अवसर रहेको जनाएको छ ।

साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेतालाई ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी प्रदान गरिने हमालले जानकारी दिइन् ।

२१ दिनसम्म चल्ने यस क्याम्पेनमा टेली डाइरेक्ट, माछापुच्छ्रे बैंक, एभरेष्ट इन्स्योरेन्स, प्याङ्क बाइक्स, डिशहोम, दराज, डोल्पो गियर्स, इना सेन्टर, यति एअरलायन्स, धुलिखेल जिपलाइन, बाबु एड्भेञ्चर्सको चन्द्रागिरी प्याराग्लाइडिङ र न्युम्यु कम्पनीहरूसँग सहकार्य गरिएको पठाओले जनाएको छ । पठाओको यस सुपरफेस्ट पुस २५ गते सकिनेछ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...