CG Electronics
IME Life
NIMB

सामाजिक सञ्जाल प्रयोगले निम्त्याएका चुनौती सामना गर्न सामुहीक प्रयास आवश्यक : मन्त्री शर्मा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौती सामना गर्नु साझा दायित्व भएको बताएकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित दोस्रो चाइना नेपाल मिडिया समिटलाई सम्बोधन गर्दै उनले, सामाजिक सञ्जालको बढ्यो प्रयोगले, निम्त्याएका चुनौतीहरुको सामना गर्नु सबैको साझा दायित्व भएको भन्दै यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानून निर्माण भइरहेको बताइन् ।

उनले भनिन्, ‘सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौतीहरुको सामना गर्नु पनि हाम्रो साझा सरोकार हो । नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया हामीले अगाडि बढाएका छाै।’

मन्त्री शर्माले सम्मेलनमा सुचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर, चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनिँया मिडियाहरुले के गरिरहेको छ भन्ने कुरा छलफल हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘सूचना प्रविधिका पछिल्ला आविष्कारहरू प्रयोग गर्दै सबै खाले मिडियाहरुलाई राम्रो प्लेटफर्ममा लानु अनिवार्यता भइसक्यो । सूचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर र चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनिँया मिडियाहरुले के गरिरहेका छन् ।

पक्कै पनि यो विषयमा सम्मेलनमा सार्थक छलफल हुने छ भन्ने विश्वास लिएको छु ।’
त्यस्तै कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालको सञ्चार प्रविधिको सन्दर्भमा नेपालले एउटा नयाँ आकांक्षकासाथ आफुलाई अगाडि बढाईरहेको बताए ।

उनले दोस्रो चाइना नेपाल मिडिया समिटबाट नेपालले लिने चीनको प्रविधिसँग जोडिएकमा अनुभवहरु र उत्पादन दुवै नेपालको लागि उपयोगी हुने बताए ।

उनले भने, ‘नेपालको सञ्चार प्रविधिको सन्दर्भमा नेपालले एउटा नयाँ आकांक्षकासाथ आफुलाई अगाडि बढाइरहेको छ । प्रविधिको विकास गरी गर्ने भन्ने विषयमा नयाँ सोचको लागि अगाडि बढेको छ ।

चीनले प्रविधिको विकासमा आफ्नो छुट्टै पहिचान बनाउन सकेको छ । चीनको प्रविधिसँग जोडिएका अनुभवहरु र उत्पादन दुवै नेपालका लागि उपयोगी हुने छन् । हामीले सदुपयोग गर्न सक्ने छौं भन्ने मलाई विश्वास छ ।’

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...