CG Electronics
IME Life
NIMB

सरकार तरकारीबारीको बुख्याचा जस्तो भयो : केपी ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तरकारी बारीमा राख्ने बुख्याचाजस्तो निकम्मा भएको आरोप लगाएका छन् ।

विहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकार निकम्मा मात्रै होइन भ्रष्टाचार, तस्करी, कमिसनखोरी र त्यसको संरक्षक भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘सरकार तरकारी बारीको बुख्याचा जस्तो भयो । केही गर्न सकेन । अहिले त त्यसका टाउकामा सुगा–काग सबै बस्छन् । किनभने सबैले चिनिसके । सरकार बुख्याचा हो । केही गर्न सक्दैन् र सक्नेवाला छैन् । सरकार निकम्मा भयो । निकम्मा मात्रै भएको भए हुन्थ्यो तर भ्रष्टाचार, तस्करी, कमिशनखोरी र त्यसको संरक्षक भयो । त्यसैले हामीले मिसन ८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्छ ।’

उनले गठबन्धन देशका लागि हानीकारक भएको भन्दै यसले देश र राष्ट्रियतालाई कमजोर पारिसकेको बताए ।

उनले भने, ‘यीनिहरु(गठबन्धन)को घाँटी एकै ठाउँमा जोडिएको छ । एकै वंशका, एकै नश्लका र भ्रष्टचारी वंशका भए । गोत्र निकम्मा भयो । देशद्रोहीहरु सबै एकै खालका हुन्छन् र एकै स्थानमा बस्छन् । हामीले जनतासँग मिलेर देश जोगाउन आन्दोलनमा उत्रिनपर्ने र देश जोगाउनुपर्ने आवश्यकता छ । त्यो भन्दा हामीले आफूलाई सशक्त रुपमा संगठित गर्नुपर्छ ।’

यस्तै, उनले खेलको प्रशंग जोड्दै खेल खेलाडीहरुको मात्रै नभइ शारीरिक स्वास्थको लागि अनिवार्य भएको बताए । खेलाडीहरु सबैभन्दा बढि अनुशासनमा बस्ने गरेको भएपनि अहिले समाजमा अनुशासन कम हुँदै गएको बताए ।

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०१

  काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का...

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको जोडदार माग

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:५४

  काठमाडौँ — सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल (नेसन–NACEUN) ले...

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी विना नै करोडौँको कारोबार भएको खुलासा

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३०

काठमाडौं । भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष सन्दीप चाचनले सम्पत्ति...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि...

वि.सं.२०८३ जेठ २१ बिहीवार १६:१०

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का...

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वास

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३०

  काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकारले सार्वजनिक गरेको...

बजेटमा एआईलाई प्राथमिकता दिइएको स्वागतयोग्य, कार्यान्वयनमा निजी क्षेत्रसँग सहकार्य बढाउन विज्ञहरूको सुझाव

बजेटमा एआईलाई प्राथमिकता दिइएको स्वागतयोग्य, कार्यान्वयनमा निजी...

वि.सं.२०८३ जेठ २० बुधवार २०:५७

काठमाडौं । एआई एसोसिएसन नेपालका अध्यक्ष तथा मेरो जबका संस्थापक...