CG Electronics
IME Life
NIMB

मन्त्रिपरिषद्का १६ निर्णयमा केके छन् ?

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डाका लागि प्रस्थान गर्नुअघि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ वटा निर्णय गरेको थियो । उक्त निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश–२०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र ग्रीन हाइड्रोजन नीति–२०८० स्वीकृत गर्ने, बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह र उपसमूहका पदमा बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, साँस्कृतिक संस्थानको महाप्रबन्धक पदमा रुकुम पश्चिमको सानीभेरी–६ का किरणबाबु पुन, गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा.रवि मल्ललाई नियुक्त गर्ने र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :

१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा उदयपुरका पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।
२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
३. सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा चार किल्ला तोकी पशु बधशाला स्थापना गर्न इजाजत दिने ।
४. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने ।
५. मालपोत नियमावली, २०३६ को नियम ४ क. को उपनियम (१) बमोजिम देहायको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने । नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४क. को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशन भएको मितिले २ वर्ष र कार्यालयमा यसअघि नै निवेदन परी फछ्र्याैट हुन बाँकी रहेका पुराना निवेदनहरू फछ्र्याैट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले २ वर्ष तोकेको छ ।
६. नेपाल सरकारका नाममा रहेको विराटनगर महानगरपालिका–५ स्थित १३ कट्ठा २ धुर जग्गा नेपाल खानेपानी संस्थान विराटनगर शाखालाई खानेपानी संरचना निर्माण गर्न लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।
७. आगामी फागुन १४–१८ केन्याको नैरोबीमा हुने यूनाइटेड नेशनन्स इन्भायरोन्मेन्ट एसेम्ब्लीमा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोलाई सहभागी हुन स्वीकृति दिने ।
८. बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्तहरू पालना गर्नेगरी महोत्तरीको बर्दिबास नगरपालिका–४ मा पर्ने माईस्थान सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातिका १९६७ वटा रूख÷पोल हटाउन स्वीकृति दिने ।
९. सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ का किरणबाबु पुनलाई नियुक्त गर्ने ।
१०. खुर्कोट जग्गा एकीकरण आयोजनाको लागि करिब ६७७ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
११. घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाको लागि करिब ५८५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
१२. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा काठमाडांै निवासी रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।
१३. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा म्याग्दी निवासी डा. रवि मल्ललाई मनोनयन गर्ने ।
१४. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने ।
१५. ग्रीन हाइड्रोजन नीति–२०८० स्वीकृत गर्ने,
१६. बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह र उपसमूहका पदमा बढुवा नियुक्त गर्ने ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...