Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एन्टर्क

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ ।

२०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरू माझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको छ ।

बलियो र स्टाइलिश लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो ।

यस बारेमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले भने, “हामीले नेपाली ग्राहकहरूका यति धेरै माया र विश्वास पाएका छौँ । लन्च गरेको यतिछोटो अवधिमै १ लाख एनटर्कहरू रोडमा गुडिसकेका छन् । यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरुप्रति कृतज्ञ छौँ ।”

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर,पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रियछ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मुल्यको कारणबढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधीयुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।
स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहक हरुको पहिलो रोजाइमा पर्न सफल भएको हो ।

लन्च भएको छोटो समयमा नै १ लाख टिभिएस् एनटर्कहरु सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले टिभिएस् एनटर्कहरुको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको छ ।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ ।

एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३,९९९ को मासिक किस्तामा उपलब्ध छ ।

 

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...

नवीनतम प्रविधि र आविष्कारको प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सुरु, ५ दिनसम्म चल्ने

नवीनतम प्रविधि र आविष्कारको प्रदर्शनी ‘क्यान इन्फोटेक...

वि.सं.२०८१ माघ २५ शुक्रवार ०८:१७

    काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को...

बीवाईडी सिल ०५ डिएम–आइ फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने

बीवाईडी सिल ०५ डिएम–आइ फेब्रुअरी १० मा...

वि.सं.२०८१ माघ २२ मंगलवार २२:३८

  काठमाडौँ । बिवाईडीको ओसन सिरिज अन्तर्गतको बीवाईडी सिल ०५...

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र...

वि.सं.२०८१ माघ २२ मंगलवार २१:५३

  काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत...

एमएडब्लु वृद्धिको चितवनमा ‘एक्सचेन्जका एन्ड टेस्ट ड्राइभ क्याम्प’

एमएडब्लु वृद्धिको चितवनमा ‘एक्सचेन्जका एन्ड टेस्ट ड्राइभ...

वि.सं.२०८१ माघ २२ मंगलवार १०:००

चितवन। नेपालका लागि सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक...