CG Electronics
IME Life
NIMB

ऊर्जा उत्पादकहरूलाई सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ : इप्पान अध्यक्ष कार्की

NIMB
Himalayan Bank

 

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा विकासको लागि काम गर्दै आएकाहरुको लागि सरकारले सुरक्षाको प्रत्यभूति गराउन माग गरेका छन् । उनले त्यसकालागि उर्जा सुरक्षा नीति ल्याउनुपर्ने समेत बताए ।

बिहीबार इप्पानको स्थापना दिवस पारेर आयोजित कार्यक्रममा अध्यक्ष कार्कीले आफूहरुलाई चन्दा मागेर धम्क्याउने गरेको तथा लगानीकर्तालाई फिल्डमा असुरक्षा हुने गरेको गुनासो गरे । उनले सरकारले लगानीकर्तालाई लगानी गर्ने सुरक्षित वातावरण निर्माणसँगै उनीहरुको सुरक्षाको व्यवस्था गरिदिन आग्रह गरे ।

कार्यक्रममा उपस्थित उर्जामन्त्री शक्ति बहादुर बस्नेतलाई आग्रह गर्दै अध्यक्ष कार्कीले भने, ‘अबका दिनमा उर्जा विकासको लागि अलिकति समय खर्चेर उर्जा सुरक्षा नीति घोषणा गर्नुपर्छ भन्ने लाग्छ । नत्र भने हामीमाथि तोडफोड भइरहने, चन्दा आतंक भइरहने हुन्छ । हामी यतिधेरै लगानी लिएर खोला धाइरहेका छौँ, तर हामीमाथि असुरक्षा छ ।’
अध्यक्ष कार्कीले फोन नउठाएन भने चन्दा माग्नेहरू घरमै आउने गरेको समेत सुनाए ।

‘चन्दा क–कसलाई दिने हो ? सबैलाई दिएर साध्य पनि छैन । दिनसक्ने अवस्था पनि छैन । तर चन्दा दिएन भने तपाईहरूको गाडी नम्बर यति हो भनेर धम्क्याउन थालिसकेका छन्,’ उनले भने ।

उनले विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन मन्त्री बस्नेतले गरेको घोषणा कार्यान्वयन गर्न समेत आग्रह गरे । ‘अबदेखि तपाईहरु जति योजना बनाउनुहुन्छ, बनाउनुस् सबै पीपीए हामी खोल्छौँ भनेर मन्त्रीज्यूले भन्दै आउनुभएको छ, तर व्यवहारमा त्यस्तो भएको छैन,’ अध्यक्ष कार्कीले भने, ‘अब हामीले पीपीए गर्दिनुस् भनेर धेरै आग्रह गर्नेभन्दा पनि उहाँले खोल्दिन्छु भन्नुहुन्छ होला भन्ने लागेको छ ।’

कार्कीले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा निजी क्षेत्रका लगानीकर्तालाई पनि समेटेर आम नागरिकले उर्जा क्षेत्रमा लगानी गर्न सक्ने गरी वातावरण बनाउन आग्रह गरे ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...