१० करोड लगानीको सुबिधा सम्पन्न होटल ‘होटल वृन्दावन सञ्चालनमा’

Tuesday Jan 23, 2024
वि.सं.२०८० माघ ९ मंगलवार १५:५४

वीरगञ्ज । वीरगञ्जमा सुबिधा सम्पन्न होटल वृन्दावन संचालनमा आएको छ । एक विशेष कार्यक्रमकाबीच वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले होटलको उद्घाटन गर्नुभएको थियो ।
वीरगञ्ज वडा न.४, दुई नम्बर रोड, कन्या स्कुलको सामुन्ने रहेको होटल वृन्दावन १० करोडको लागतमा तयार भएको हो।
५ तल्ले भवनमा ३० वटा आधूनिक इन्टेरियरमा तयार गरिएका आरामदायी रुम रहेको होटेल सन्चालक पप्पु सरार्फले जानकारी दिनुभयो ।
ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुबिधा रहेको छ भने पहिलो तल्लामा रेस्टुरेन्ट, दोस्रो तल्लामा २ वटा ब्यान्केट हल, १ वटा मिटिङ्ग हल रहेको रहेका छन्।
नेपाली होटलहरुमा पहिलो पटक हुनुपर्छ जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन शिशाका फ्लेकहरु प्रयोग गरेका छौं। यसले पार्टि भेन्यूलाई अझ रिच, ल्याभिस र सकारात्मक महशुस गराउनेछ, संचालक अध्यक्ष सरार्फले बताउनुभयो ।
त्यसैगरी तेस्रो र चौथो तल्लामा बास बस्नको लागि एसि रुमहरु रहेका छन् । होटलको ओपनिङलाई पारेर हामीले नर्मल एसि रुमको चार्ज २२ सय र त्यसमा पनि खाजाको ब्यवस्था सहित ३०% छुट दिएका छौं, साथै एसि सहित स्विट रुमलाई ६ हजार दर रेट सहित ३०% अतिरिक्त छुट कायम गरेका छौं, सर्राफले जानकारी दिनुभयो ।
ब्रिटिश शैलीमा तयार गरिएको रेस्टुरेन्ट ओपन छ, यसमा पनि हामीले खाना अथवा खाजामा आउने ग्राहकलाई २०% छुटको व्यवस्था गरेका छौं । छुटको व्यवस्था आजैको मिति देखि ६ महिना सम्मको लागि लागू हुने समेत सर्राफले बताउनुभयो ।