CG Electronics
IME Life
NIMB

सशस्त्र प्रहरीको काम प्रभावकारी बनाउन सरकारले पहल गर्छ : गृहमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank

 

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलको काम अझ प्रभावकारी बनाउन सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज २३औं सशस्त्र प्रहरी दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सीमा सुरक्षा तथा सीमा स्तम्भ मर्मत सम्भार, अवैध चोरी पैठारीलगायत क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरी बल सुरक्षा फोर्सको रुपमा परिचालित भएको भन्दै उनले यसलाई प्रभावकारी बनाउने सरकारले आवश्यक सहयोग गर्ने बताए ।

सीमा सुरक्षा तथा सीमा स्तम्भ मर्मतसम्भार, सीमापार अपराध, अवैध चोरी पैठारी, मानव बेचबिखन, लागूपदार्थ ओसारपसार लगायतकाक्रियाकलाप नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा फोर्सको रुपमा परिचालित भएको उनको भनाइ छ ।

‘यसलाई अझ प्रभावकारी बनाउन साधन–स्रोत, भौतिक पूर्वाधार र जनशक्तिको उपलब्धताको लागि सरकारको तर्फबाट आवश्यक पहल हुने छ’ गृहमन्त्री श्रेष्ठले भने ।

उनले सशस्त्र प्रहरी बल नेपालको विकास तथा स्तर उन्नतिको लागि विद्यमान कानूनको समसामयिक पुनरावलोकन गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि गृह मन्त्रालयको तर्फबाट भएसम्मका उपाय अबलम्बन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘सशस्त्र प्रहरी बल नेपालको विकास तथा स्तरोन्नतिका लागि विद्यामान कानूनको समसामयिक पुनरावलोकन गर्न सशस्त्र प्रहरी ऐन निमार्णका लागि प्रक्रिया अघि बढिरहेको छ । सशस्त्र प्रहरी बल नेपाललाई सदृढ र विकास गर्न भएसम्मका उपायहरु अबलम्बन गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले संगठनमा रहेको कल्याणकारी कोषलाई बहालवाला एवं अवकास प्राप्त, वीरगतिप्राप्त राष्ट्रिय सेवकका असली परिवारहरु समेत लाभान्बित हुनेगरी नयाँ कार्ययोजनाका साथ अगाडि बढाउन निर्देशन पनि दिए ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...