CG Electronics
IME Life
NIMB

भूकम्पमा अभिभावकविहीन ३० बालबालिका आश्रममा

NIMB
Himalayan Bank

 

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा अभिभावक गुमाएका ३० बालबालिकालाई ललितपुरको मामाघर अनाथालय सपोर्ट एन्ड केयरमा ल्याइएको छ ।

जाजरकोटको कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाको सिफारिसमा बिहीबार ललितपुरको बाडेगाउँस्थित अनाथालयले उनीहरुको जिम्मा लिएको हो ।

उनीहरुलाई ललितपुर ल्याउने व्यवस्था बालयोगेश्वर विजयमूर्ति महाराजले मिलाएका हुन् । चार जनाको समूहमा करिब १० दिनको कठिन यात्रापछि प्रक्रिया पुरा गर्दै ३० जना बालबालिकाको लालनपालनको जिम्मा अनाथालयलाई लगाएको जानकारी उनले दिए ।

उनले भने, ‘अभिभावक गुमाएका बालबालिकाहरुका बारेमा हामीले समाचारबाट थाहा पायौं । भोजन, बासको अभावबाट धेरैले अकालमा ज्यान गुमाउनुप¥यो भन्ने थाहा पाउँदा हामीलाई असहनीय भयो । चार जनाको समूहमा ८–१० दिनको कठिन यात्रापश्चात सबैको साथ सहयोग र समन्वयमार्फत ३० जना बालबालिकाहरु जिम्मा लिने प्रक्रियाहरु पुरा गरेर हामीले ल्याएका छौं ।’

आश्रममा कुशे गाउँपालिकाको सिफारिसमा १७ र बारेकोट गाउँपालिकाको सिफारिसमा १३ जना बालबालिका ल्याइएको हो । यसमा २० बालक र १० जना बालिका छन् । यिनमा अधिकांश बालबालिका दलित समुदायका छन् । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भइ आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि १५७ जनाको मृत्यु भएको थियो भने ३७५ जना घाइते भएका थिए । घटनामा जाजरकोट र रुकुम पश्चिममा घरहरुमा क्षति पुगेको थियो । भूकम्पले घरबारविहीन भएका परिवारमा ज्वरो, झाडापखाला र चिसोले थप ३४ जनाको मृत्यु भएको थियो ।

 

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...