Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

बेलायती सेनाका रथी ओबीईको टोलीले बुझायो राष्ट्रपति पौडेललाई प्रतिवेदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओबीई सहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताउँदै यसमा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताएको सचिवालयले जनाएको छ ।

उनले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएको बताउँदै पूर्व ब्रिटिश गोर्खाका गुनासाहरू सम्बोधनका लागि कूटनीति तहमा भइरहेको छलफलमा संयुक्त अधिराज्य बेलायतले उदारता र सद्भावबाट चाँडे टुंगोमा पुर्याउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने बताए ।

वार्डलोले प्रतिवेदन पेश गर्दै गोरखाली सेनाको व्यवसायीकता, समर्पण र क्षामतालाई बेलायतले मात्र संसारले सम्मान र प्रशंसा गरेको उल्लेख गर्दै बेलायती गोर्खाहरू यो संसार जबसम्म रहने छन् तबसम्म संघीय लोकतान्त्रि गणतन्त्र नेपालको एउटा उत्कृष्ट राजदूतका रूपमा काम गरिरहने विश्वास व्यक्त गरे ।

प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा विग्रेड अफ गोर्खाजले विश्वलाई सुरक्षित स्थान बनाउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा अन्तर्राष्ट्रिय अनिश्चितताका बाबजुद पनि गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम रहेको उल्लेख गरिएको छ ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...