CG Electronics
IME Life
NIMB

आई.एम.ई. लाइफ इन्स्योरेन्स बेस्ट लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । जीवन बीमा कम्पनी आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ। अवार्डको चौथो संस्करण अन्तर्गत बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपालको उपविजेताको रुपमा सम्मानित विधामा आई.एम.ई. लाइफले अवार्ड जित्न सफल भएको हो ।

एसिया भरका बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

भारतको मुम्बईमा बिहीबार आयोजित भव्य समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कबि फुयाँललाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।

 

आईएमई लाइफ नेपालमा बीमाको दीगो विकास रणनीति तथा बीमाको पहुँच बृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधीमा आईएमई लाइफले उत्कृष्ट, नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इण्डियन इन्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे ।

इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एशियाली महादेश भित्रका बीमा कम्पनीहरु मध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान् गर्दै आएको छ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...