CG Electronics
IME Life
NIMB

मन्त्री रिजालद्वारा धौवादी फलाम खानिको स्थलगत अनुगमन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पूर्वी नवलपरासीको हुप्सेकोट गाँउपालिकास्थित धौवादी फलाम खानिको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

खानिबाट आइरन/स्टील उत्पादन गर्नका लागि चार वर्ष अघि स्थापना भएको धौवादी फलाम कम्पनि लिमिटेडको स्थापना भएको थियो । यस क्षेत्रमा काम गर्ने प्रविधि तथा दक्ष जनशक्तिको अभाव तथा सीमित श्रोत साधनका वाबजूद पनि हालसम्म कम्पनीले गर्दै आएको प्रयास सह्रानीय रहेको मन्त्रि रिजालले स्पष्ट पार्नु भएको छ ।

उद्योगहरुको समुचित विकास नभई देशको आर्थिक तथा सामाजिक स्तर उकास्न नसकिने बताउनु हुदै मन्त्री रिजालले देशमा आयातित वस्तुहरुको मात्रा अत्यधिक हुँदा व्यापार घाटा दिन प्रतिदिन बढी रहेको तथा संचित वैदेशिक मुद्रामा व्यापक असर परिरहेको बताउनु हुदै देशमा रोजगारीको समुचित व्यवस्थापन नहुँदा युवाहरु दिन-दिनै बिदेशिनु परेको यथार्थ उल्लेख गर्नु भएको छ । यस्तो असामान्य परिस्थितिमा धौबादी फलामखानी भण्डारको अधिकतम् सदुपयोग गर्न फलाम/स्टील उद्योग स्थापना गरि फलामजन्य बस्तुको मागको करीव एक चौथाई हिस्सा परिपूर्ति गर्ने र यसबाट देशको व्यापार घाटा कम गर्न मदत पुर्याउनुका साथै वैदेशिक मुद्रा संचितिमा समेत वृद्धि हुने मन्त्री रिजालले व्यक्त गर्नु भयो ।
हाल देशमा उत्पादन भईरहेको विद्युतको उद्योगीकरण कार्यका समुचित उपयोग हुन जरूरी रहेको उल्लेख गर्दै मन्त्री रिजालले भविष्यमा वातावरणीय प्रभाव न्युनीकरणका लागि बढी कार्वन उत्सर्जन गर्ने fossils fuels लाई विस्थापित गरि Hydrogen Energy श्रोतलाई सदुपयोग गरी Green Steel उत्पादन गर्ने लक्ष्य हासिल गर्न सकिने बताउनु भयो ।
साथै, मन्त्री रिजालले धौवादी फलाम कम्पनिको स्थापना पछि स्थानीय युवाहरूलाई रोजगारी सृजना तथा राजस्वमा समेत वृद्धि हुने अपेक्षा व्यक्त गर्नु भयो । धौवादी फलाम कम्पनि लिमिटेड फलाम उत्पादन क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास समेत मन्त्री रिजालले व्यक्त गर्नु भयो ।

स्थलगत अनुगमनका क्रममा मन्त्री रिजालसहित उद्योग सचिव मुकुन्दप्रसाद निरौला, निजि सचिव मात्रिका आचार्य, स्वकीय सचिव बृहस्पतिकृष्ण श्रेष्ठ, खानि तथा भुगर्व बिभागका महानिर्देशक रामप्रसाद घिमिरे, धौवादी फलाम कम्पनि लिमिटेडका प्रबन्ध निर्देशक डा जनकबहादुर चन्द सहितको उपस्थिति रहेको थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...