CG Electronics
IME Life
NIMB

डेढ सातापछि सेयर बजारमा सुधार, १० अंकले बढ्यो नेप्से

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा डेढ सातापछि सुधार आएको छ । साताको पहिलो दिन आइतबार कारोबार बढेको छ ।
नेप्से आज १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा कायम भएको छ । १ सय ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत् र साम्लिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको सेयर झन्डै नौ प्रतिशतले घटेको छ ।
आज एक करोड ७ लाख कित्ता सेयर तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारमा अगाडि रहे ।

हिमालय रिको ३३ करोड ५३ लाख, ज्ञादीको २३ करोड ५३ लाख र रिलायबलको १७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...