CG Electronics
IME Life
NIMB

न्याय नदिए सरकारविरुद्ध आन्दोलन छेड्नुहोस् : रामनारायण बिडारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति नेपाललाई आफ्नो साथ रहेको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा बिडारीले सरकारले पीडितरुलाई न्याय नदिए उसविरुद्ध कडा आन्दोलन् गर्नुपर्ने समेत बताए ।

समितिले फागुन १ गतेदेखि निर्णायक आन्दोलनको घोषणा गरेको र त्यसलाई जसरी पनि सफल पार्न शुभकामना दिँदै त्यसमा आफ्नो तर्फबाट हरेक किसिमको साथ रहने बिडारीले प्रतिबद्धता जाहेर गरे । हजारौंको बलिदान पश्चात नयाँ व्यवस्था आएपनि नेपाली जनता आजपनि पञ्चायती कालजस्तो आर्थिक उत्पिडनमा पिल्सिरहेको बताउँदै बिडारीले भने, “राजतन्त्र र सामान्ति व्यवस्था गयो तर, गरिव जनता झन षोशणको दलदलमा फस्नुको मुख्य कारण व्यवस्था फरक भए पनि पत्र सामान्ति नै छन् ।”

वरिष्ठ अधिवक्ता बिडारीले प्रचण्ड सरकार नेपाली जनताको पक्षमा भएपनि मातहतमा रहेका अधिकारीहरु जनविरोधी भएको कारण जनताको पक्षमा काम गर्न नसकेको जिकिर गरे । वित्तिय संस्थाहरुबाट जनता पीडित हुँदा पनि सरकार निरिह भएको बताउँदै भने, “अर्थ मन्त्रालय काँग्रेसको, राष्ट्र बैंकका गभर्नर एमालेको कार्यकर्ता छन्, उनिहरु वित्तिय दलाल र माफियहरुको निर्देशमा चल्छन् अनि वित्तिय पीडितहरुले न्याय कसरी पाउने ।”
देशका ठूलालाई ठग्न बाण्ज्यि बैंकहरु, साना किसानलाई ठग्न साना लाघुवित्तिय संस्था ल्याएर जसरी हुन्छ देशलाई गरिब बनाउने खेल भएको बिडारीले दाबी गरे । यस किसिमका समस्या हल गर्न ठूलो किसिमको आन्दोलनको आवश्यकता पर्ने बताए ।

समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले विगत दुई वर्षदेखि अनवरत आन्दोलन गर्दै आएको र अब त्यसलाई निर्णायक मोडमा ल्याएको जानकारी दिए । देशभरका हजारौं पीडितको साथमा भएको विगतको आन्दोलनको कारण सरकारसँग ५ चरणसम्म बार्ता चलेको र सरकार पीडितको पक्षमा आउनु ठूलो सफलता भएको धारणा राखे । देशको कार्यकारी शक्ति सकारात्मा भएपनि लघुवित्तको नियमनकारी निकायको गलत रवैया भएको बताउँदै ज्ञवालीले भने, “सरकारको आदेश तथा निर्णयलाई पनि लल्काने राष्ट्र बैंक आझै पनि न्यादिन तयार नहुनु वार्तामा प्रतिनिधिसम्म नपठाउनु दुःखत विषय बनेको छ ।” उनले राष्ट्र बैंक गर्भनर जनविरोधी र वित्तिय माफियाहरुको दालाल भएको पुष्टि भएको ज्ञवालीले बताए ।

अध्यक्ष ज्ञवालीले वित्तिय माफिया र वित्तिय उत्पीडित जनताबीचको उत्पीडनमा टेकेर दुर्गा प्रसाईसहितका व्यक्तिहरु चर्चामा आएपनि उनिहरुले निर्णायक भूमिका निभउन नसक्ने ठोकुवा गरे । आफूहरुले २ वर्ष अघि चलाएको आन्दोलनको सिको गरेको आरोपसमेत लगाउँदै ज्ञवालीले भने, “कुनै आधर नीति सिद्धान्ता विनाका वेलगाम पश्चगामीले न्याय दिने भन्ने कुरा ‘हुटिट्याउँले आकश थाम्नु सरह हो’ त्यसैले कोही भ्रममा नपरौं ।”

फागुन १ गते चितवनको मुग्लिनदेखि हजारौं पीडितहरुसहित पैदल यात्रा मार्फत राजधानी प्रवेश गरी न्यया नपाएसम्म धर्ना,जुलुस लगायका कार्यक्रम गरेर निर्णायक संघर्ष गर्ने ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीले अफूहरु लघुवित्त,सहकारी,मिटर ब्याजी र ठूला बैंक पीडितहरुको पक्षमा रहेको बताउँदै, न्यायपूर्ण संघर्षमा प्रतिबद्ध रहेर आन्दोलनलाई साथ दिन अनुरोध गरे ।

संघर्ष समितिका सचिवालय सदस्य प्रिया खत्रीले सरकारले आफूहरुलाई न्याय दिन खोज्दा सम्म पनि राष्ट्र बैंकले कानमा तेल हालेर बसेको बताउँदै खत्रीले भनिन्, “राष्ट्र बैंकका गभर्नर विदेशी र वित्तिय माफियाको दालल भएकोले उसले नेपाली जनताको आवाज सुन्ने कुरै भएन ।”

लघुवित्तहरुले किस्ता मिनाहा गर्ने हो भने एक रात सुत्नु पर्ने प्रश्ताव राख्ने गरेकोसमेत आरोप लगाउँदै “हामले उनिहरुको घृणित प्रश्ताव भन्दा हामी काठमाडौंमा नाङ्गिन तयार छौं” उनले भने ।
समितिका केन्द्रीय सदस्य डिल्लीराम भट्टराईले वर्तमान सरकार पनि दलाल र मफियाहरुको पक्षमा कार्य गर्ने हुनाले न्याय दिन नचाहेको आरोप लगाए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...