CG Electronics
IME Life
NIMB

शाहरुख र सलमानबिच ‘मेगा भिडन्त’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मुम्बई । बलिउड निर्माता आदित्य चोपडा आफ्नो वाईआरएफ स्पाई युनिभर्सलाई अविस्मरणीय र बेजोड नाटकीय अनुभव बनाएर भारतीय फिल्मको सबैभन्दा ठूलो आइपी बनाउने तयारीमा जुटेका छन् । वाईआरएफ स्पाई युनिभर्सको सुरुवात ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो, जसमा सलमान खान र कटरीना कैफले अभिनय गरेका थिए ।

 

स्पाई युनिभर्सले ‘एक था टाइगर(२०१२)’ र ‘टाइगर जिन्दा हे(२०१७)’ बाट सुरु गर्दै ‘वार(२०१९)’को सफलताले एउटा नयाँ उचाइमा पु¥यायो । त्यसपछि वाईआरएफ स्पाई युनिभर्सलाई अर्को उचाइमा पु¥याउन शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अलटाइम ब्लकबस्टर फिल्म ‘पठान’ले सहयोग गर्यो । जसमा सलमान खानले आफ्नो ‘टाइगर’ अवतारमा केमियो गरे ।

 

यसपछि स्पाई युनिभर्सको अर्को फिल्म ‘टाइगर ३’मा सलमान, कटरीना कैफ र इमरान हासमी प्रमुख भूमिकामा देखिए । अब भने आदित्य अलिक फरक ढंगले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउने तयारीमा लागि परेका छन् ।

 

आदित्यले वाईआरएफ स्पाई युनिभर्स फिल्मको कथा इन्टरकनेक्टिभिटीको सुरुवात ‘पठान’बाट गरे । जहाँ उनले जोनद्वारा निभाइएको खलनायक चरित्र ‘जिम’ फिल्म ‘वार’ फ्रेञ्चाइजीका ‘कविर’ चरित्र निभाउने ऋतिक रोशनसँग टिममा सँगै थिए भन्ने खुलासा गरेका थिए ।

‘पठान’मा टाइगर र पठानलाई पहिलोपटक स्क्रिनमा एकसाथ ल्याएर उनीहरु राम्रो साथी हुन् भन्ने देखाए । ‘पठान’ले पुनः ‘टाइगर ३’मा आफ्नो उपस्थिति देखायो र ऋतिकले पनि ईस्टर एग’मा आफ्नो उपस्थिति देखाउँदा ‘वार २’को आधार तयार पार्यो ।

 

अब भने आदित्यले दुई साथी, टाइगर र पठानबीच ‘चरम’ द्वन्द्व गराउँदैछन् । जसले एक फिल्मको बनाउने छ र दर्शकका लागि त्यो अप्रत्याशित हुनेछ । आदित्य टाइगर भर्सेस पठानको अनुहारलाई ‘चरम द्वन्द्व’मा परिणत गराउँदै वाईआरएफ स्पाई यूनिभर्सको टाइमलाइनमा एउटा नयाँ मोड दिन जाँदैछन् ।

 

‘आदित्य एक यस्तो फिल्मका साथ भारतका दुई ठूला फिल्म आइकन शाहरुख खान र सलमान खानबिच ‘मेगा भिडन्त’ गराउन चाहिरहेका छन् । जुन टाइगर भर्सेस पठानबीच हिंस्रक टकरावको अग्रदुत हुनेछ । उनी एक यस्तो फिल्म बनाउँदैछन्, जसले अन्तिम प्रदर्शन अघि वाईआरएफ स्पाई यूनिवर्सलाई एकापसमा जोड्नेछ’, आदित्य निकट स्रोतले भनेको छ । (बलिउड हंगामा)

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...