CG Electronics
IME Life
NIMB

विरोधकाबिच ‘अग्र अनुहार’को विमोचन, केहीले पुस्तक च्याते

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल पत्रकार महासंघका अहिलेसम्मका सभापतिहरुहको बारे लेखिएको पुस्तक ‘अग्र अनुहार’ विमोचन गरिएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अवरोधका बाबजुद आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पुस्तकको विमोचन गरिएको हो ।

लामो समयदेखि कायम रहेको महासंघको संस्थापक सभापतिको विवादलाई लिएर फोनिजका पदाधिकारीले अग्रज पत्रकारहरूमाथि उग्र व्यवहार देखाएका थिए । उनीहरुले मञ्चमा आसिन अग्र पत्रकारहरुको हातबाट किताव नै खोसेर च्यातेका थिए ।

पत्रकार महासंका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नयाँ पत्रकार तथा पत्रकारिताका विद्यार्थीहरुका लागि पत्रकार महासंघको अभिलेखका रुपमा यो पुस्तकको विमोचन गरिएको दाबी गरे ।

उनले भने, ‘पत्रकारको विद्यार्थीहरुका लागि अभिलेखहरुका संग्रह कमै छन् । पाठ्य सामग्रीहरु कमैछन् । त्यसैले हामीले यो पुस्तक बजारमा ल्याएका छौं ।’

परिवर्तनको क्षेत्रमा राजनीतिक र सामाजिक क्षेत्रमा पत्रकार महांघको योगदान महत्वपूर्ण रहेको भन्दै यसबारे जानकारी दिन र अध्ययन अनुसन्धान गर्न पुस्तक विमोचन गरिएको बताए ।

केही पत्रकार संघ संगठनहरुले संस्थापकका बारेमा केही असन्तुष्टि जनाउँदै आएको उल्लेख गर्दै उक्त सन्दर्भमा अध्ययन, अनुसन्धान, इतिहासको खोजी गरेर टुंगोमा पुर्याउनुपर्ने धारणा राखे ।
त्यस्तै, अग्रज पत्रकार रामकृष्ण रेग्मीले पत्रकारितामा रुची राख्न खोज्ने पत्रकारका लागि पुस्तक महत्वपूर्ण रहेको बताए ।

यस्ता मौलिक पुस्तकहरु कम मात्र बजारमा आएको भन्दै खोजी पत्रकारिताका लागि इतिहास पल्टाउनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘अहिलेसम्म आईपुग्दा विभिन्न प्रगति भएका छन् । अहिले च्याट जिपिटिले च्यालेञ्ज गरेको बेला आमसञ्चारले कसरी लिइरहेको छ भन्ने बुझ्न यो सात दशकको पत्रकारको अनुभव लिनुपर्ने बेला आएको छ ।’

महासंघका अभिलेखहरुमा नेपाल पत्रकार महासंका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेपनि सत्यन्द्रबहादुर श्रेष्ठ संस्थापक सभापति भएको फोनिजको दावी छ ।

फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले महासंघले इतिहास मेटाउने काम भएकाले आाफूहरुले त्यसको विरोध गरेको बताए ।

२००८ वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ महासंघ (तत्कालीन पत्रकार संघ) को अध्यक्ष भएका थिए । तर महासंघले प्रकाशन गरेको पुस्तकमा त्यसको कुनै पनि चर्चा नरहेका कारण आफूहरूले कार्यक्रम अवरुद्ध गर्नुको साथै पुस्तक पनि च्यातेको उनको भनाई थियो ।

त्यस्तै, फोनिजका महासचिव मिलन लिम्बुले यसमा समावेश तथ्य गलत भएको भन्दै एक हप्ता अगाडी सच्याउन आग्रह गरिएको भएपनि महासंघले त्यसको नजरअन्दाज गरेको बताए ।

उनले भने, ‘यो गलत छ । सत्यन्द्रबहादुर श्रेष्ठ योगदानमाथि किन अपहेलना गरियो ? नेपाल पत्रकार महासंघले यो सम्झनुपर्छ कि महासंघ सबैको साझा संस्था हो । हामी अग्रजहरुमा सम्मान व्यक्त गर्दछौं तर यसरी अग्रज छान्दै गर्दा एउटा अनुहार किन लेखिएन यहाँ ?’

पुस्तक नसच्चिए ‘अग्र अनुहार’ नामक पुस्तक बजारमा जान नदिने उनको चेतावनी थियो । त्यस्तै पुस्तकमा महिला अनुहार नसमेटिएकोप्रति महिला पत्रकारहरुले आपत्ति जनाउँदै आएपनि प्रकाशित पुस्तक अध्ययन गरिसकेपछि मौन बसेका थिए ।

यद्यपी, पत्रकार महासंघका हालसम्मका आधिकारिक दस्तावेज र विधानहरुमा संस्थापक सभापतिका रुपमा भट्टराईलाई स्वीकारिएको छ ।

फोनिजका पदाधिकारी समर्थकहरू कार्यक्रमस्थलमा भेला भएपछि कार्यक्रममा प्रमुख अतिथि र मुख्य अतिथि तोकिएका सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेखा शर्मा उपस्थित भएनन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...