CG Electronics
IME Life
NIMB

सगरमाथामा फोहोर गर्न प्रतिबन्ध : दिसा समेत बोकेर ल्याउनुपर्ने प्रबन्ध गरिँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाईका लागि यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले हिमाललाई सफा र स्वच्छ राख्न यस्तो निर्णय गरिएको बताए । उनका अनुसार गाउँपालिकाले पर्यटन विभाग, प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आरोहणको आगामी सिजनबाट सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीहरूलाई आधार शिविरमै दिसा व्यवस्थापनका लागि झोला दिइनेछ । आरोहीहरुले झोला राखेर लिएर आउनुपर्ने र तल ल्याएर त्यसको व्यवस्थापन गरिनेछ ।

‘सबैसँग छलफलपछि गाउँपालिका यस्तो निर्णयमा पुगेको हो,’ अध्यक्ष शेर्पाले भने, ‘यसकालागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई गाउँपालिकाले फोहोर राख्ने झोला खरिद गर्नका लागि अनुदान दिने निर्णय गरेका छौँ ।’ झोलामा राख्दा दिसा नगन्हाउने गरी त्यसको व्यवस्थापन गरिने बताए ।

आरोहीले आधार शिविरभन्दा माथि गएपछि खुला ठाउँमा दिसा पिसाव गर्न पाउने छैनन् । त्यहाँ उनीहरूले गरेको दिसापिसाब चिसोका कारण लामो समयसम्म नसड्ने र त्यसले हिमाल दुर्गन्धित बन्ने अवस्था बनेको उनले बताए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...