CG Electronics
IME Life
NIMB

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया र चलचित्र प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम रहेको थियो । यस कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली र नेपाल तथा बेलायतबाट नेपाली चलचित्रकर्मीहरू सहभागी भएका थिए ।

बेलायतको बजारमा नेपाली चलचित्रको उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले खेलेको भूमिका, राज्यले गरेका प्रयासहरू, राज्यले निभाउनुपर्ने भूमिका, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको लागि नेपाली डायस्पोरा कम्युनिटीले राज्यबाट गरेको अपेक्षा, नेपालको आर्थिक तथा सामाजिक विकासको लागि चलचित्रको अन्तर्राष्ट्रिय बजारको महत्त्व लगायतका विषयमा अन्तर्क्रिया भएको थियो ।

अन्तर्क्रियामा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने चलचित्रकर्मीलाई नेपाली चलचित्रको बजारको अध्ययन गरेर मात्र चलचित्र बनाउन सुझाव दिए । “विदेशमा बस्ने मेकरले चलचित्र बनाएपछि नेपालमा पनि प्रदर्शनका लागि हल पाइँदैन भन्ने गुनासो सुन्ने गरेको छु । तर, चलचित्र बनाउनुभन्दा अगाडि कसरी बनाउने, किन बनाउने र कसरी चलाउने भन्ने ज्ञान हुनुपर्छ । नेपालमा कति वटा हल छ ? नेपाली चलचित्रको मार्केट कति हो ? दर्शकले कस्तो चलचित्र रुचाउँछन् ? त्यसलाई पनि अध्ययन गरेर चलचित्र बनाउनुपर्छ,” उनले बताए ।

अध्यक्ष केसीले चलचित्रलाई मनोरञ्जनको साधनको रूपमा मात्र लिने नहुने तर्क गरे । चलचित्रले देशको संस्कृतिदेखि पर्यटन प्रवर्द्धनसम्म ठुलो भूमिका खेल्ने बताउँदै चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्ने बताए । नेपाली भाषा बोल्ने प्रवासको समुदाय नै नेपाली चलचित्रको प्राथमिक दर्शक रहेको जनाउँदै उनले भने, “चलचित्रले कला, संस्कृति, भाषा र पर्यटनको प्रवर्द्धन गर्छ । हामीले चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्छ । संसारभरका मानिसले हाम्रो भाषा बोलुन्, हाम्रो संस्कृतिलाई अपनाउन, हाम्रा कलालाई सम्मान गरुन् । अनि बल्ल नेपाली चलचित्रले केही छलाङ मारेछ भन्ने महसुस हुन्छ । त्यसका लागि हामी आफैँले आफ्नो देशको चलचित्रलाई माया गर्नुपर्छ । पहिले हाम्रो चलचित्र हामीले हेर्ने बानीको विकास गर्नुपर्छ ।”

अध्यक्ष केसीले नेपाली चलचित्रको सम्भावना रहेका अन्तर्राष्ट्रिय बजारहरूमा चलचित्र प्रतिनिधि तोकेरै बोर्डले सहजीकरणको काम थालनी गर्ने बताए । यसको सुरुवात बेलायती बजारबाटै गर्न आफूले पहल गर्ने जिकिर गरे ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...