CG Electronics
IME Life
NIMB

पाकिस्तानको राष्ट्रपतिमा जर्दारीको चर्चा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पाकिस्तानमा नयाँ सरकारको चित्र स्पष्ट हुँदै गएको देखिन्छ । जियो न्युज लाइभको रिपोर्ट अनुसार इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाहेक ६ वटाभन्दा बढी दलहरू मिलेर सरकार बनाउन सक्छन् ।
सरकारलाई बाह्य सहयोगको घोषणा गरेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) सरकारमा सामेल नभए पनि बार्गेनिङ गरिरहेको छ । बिलावलको यो पार्टी आफ्ना पिता आसिफ अलीलाई राष्ट्रपति बनाउन चाहन्छ । यसबाहेक उनी सिनेटको अध्यक्ष र राष्ट्रिय सभाको सभामुख पदको खोजीमा छन् ।

 

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एक सिटको निर्वाचन स्थगित भएको छ भने एक सिट एनए ८८ को नतिजा अस्वीकृत भएको छ । त्यहाँ आज फेरि मतदान हुँदैछ । बाँकी ७० सिट आरक्षित छन् ।
नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन), आसिफ अली जरदारी र बिलावल भुट्टोको पीपीपी गठबन्धनका मुख्य साझेदार हुनेछन् । यस बाहेक एमक्युएमपी, एमएल–क्यु, आइपीपी र बीएपी जस्ता साना दलहरू गठबन्धनमा सामेल हुने सम्भावना बढेको छ ।
यी सबै दल मिलेर फेरि एकपटक पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) बनाउने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अप्रिल २०२२ मा इमरानको सरकार पतन भएपछि पनि पीडीएम बनेको थियो । त्यसबेला १३ दलहरू संलग्न थिए र शाहबाज सरिफको नेतृत्वमा त्यो सरकार जम्मा १६ महिना चल्यो । यसपछि राष्ट्रियसभाको कार्यकाल पूरा भई देश सञ्चालनको जिम्मेवारी कार्यवाहक सरकारले लिएको थियो । अनवर उल हक कक्कड प्रधानमन्त्री भए र अहिले पनि छन् ।
नयाँ सरकारमा पीएमएल–क्यू प्रमुख चौधरी शुजात हुसैन र आसिफ अली जर्दारीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यसबाहेक नवाज शरीफ पनि त्यहाँ हुनेछन्, तर उनले सरकारमा कुनै पद लिने छैनन् ।

बिलावल भुट्टोले यसअघि नै प्रधानमन्त्री पदका लागि आफ्नो दाबी फिर्ता लिएको स्पष्ट पारिसकेका छन् । उनका अनुसार निर्वाचनमा हाम्रो पार्टीले यो पदमा दाबी गर्न पर्याप्त सिट पाएको छैन । त्यसैले अर्को पार्टीले मौका पाउनुपर्छ र यो पार्टी नवाजको पीएमएल–एन हो ।
६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए । अब उनको पार्टी पीपीपी जरदारीलाई दोस्रो पटक राष्ट्रपति बनाउन चाहन्छ । वास्तवमा पीपीपी सरकारमा नभए पनि सरकार र संसद दुवैलाई नियन्त्रण गर्न चाहन्छ ।

त्यसैले उनी सिनेटको अध्यक्ष र राष्ट्रिय सभाको सभामुख पदको खोजीमा छन् । पीपीपीले आसिफ अली जरदारीलाई राष्ट्रपति बनाउनु पर्ने बताएको छ । अन्य दलहरू पनि यस विषयमा सजिलै सहमत हुनेछन् । ६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए ।
मुलुक अहिले इतिहासकै सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको र यस्तो अवस्थामा राष्ट्रपतिको भूमिका निकै महत्वपूर्ण हुने पीपीपीले जनाएको छ । अनुभवी व्यक्तिलाई राष्ट्रपति बनाउन आवश्यक छ र यस सन्दर्भमा जरदारी नै उपयुक्त विकल्प रहेको पाकिस्तानी सञ्चारमाध्यमको पनि दावी छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...