CG Electronics
IME Life
NIMB

१६औँ विश्व सामाजिक सम्मेलनमा नेपालमा, ९२ देशका प्रतिनिधिसहित शान्ति र्‍याली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा आजदेखि हुँदैछ । संघीय राजधानी काठमाडौंमा हुने सम्मेलनमा सात वटै महादेशका ९२ भन्दा धेरै देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

सम्मेलनको पहिलो दिन बिहीबार भृकुटीमण्डपदेखि शान्तिवाटिका, न्यूरोड हुँदै फेरि
भृकुटीमण्डपसम्म शान्ति ¥याली निकाल्ने तयारी छ । मञ्चको सचिवालयका अनुसार विहान ११ बजेबाट ¥याली प्रारम्भ हुनेछ ।

सामाजिक न्याय, जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायमको दवाव सिर्जना गर्ने उदेश्यले विश्वव्यापी रुपमा आयोजना हुँदै आएको ‘विश्व सामाजिक मञ्च’को सम्मेलन यसपटक नेपालमा हुन लागेको हो ।

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ हुने सम्मेलनमा नवउदारवाद, भुमण्डलीकरण, पूँजीवाद, जलवायु संकट, पितृसत्ता, जातजाति, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेद विरुद्ध छलफल र बहस हुने सम्मेलन व्यवस्थापन समितिले जनाएको छ ।

सम्मेलनका क्रममा मूलतः १३ वटा मुख्य विधाहरुमा आधारित भएर साना–ठूला ४०२ वटा कार्यक्रमहरु हुनेछन् ।

जसमा मजदुर आन्दोलन, किसान र कृषि आन्दोलन, भुमि अधिकार, कृषि खाद्य सुरक्षा, महिलावादी आन्दोलन, सीमान्तकृत सामाजिक समुह, लोकतान्त्रिक अभियान, शरणार्थी तथा आप्रवासन आन्दोलन, मिडिया कन्क्लेभ, अन्तर महादेशीय युवा सम्मेलन लगायतका कार्यक्रम छन् ।

सम्मेलनका लागि ९२ देशका एक हजार २ सय ५२ वटा संस्था र समुहरुका स्वआयोजकका रुपमा दर्ता भएका छन् ।

सामेलनमा ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । पहिलो पटक ब्राजिलमा सन् २००१ देखि सुरु भएको यो विश्वव्यापी सम्मेलन हरेक बर्ष विभिन्न देशले आयोजना गर्दै आएका छन् । यस मञ्चलाई असमानताविरुद्ध विशुद्ध नागरिक समाज आन्दोलनको विश्वव्यापी प्लाटफर्ममा रुपमा लिइने गरेको छ ।

सम्मेलनका कार्यक्रमहरुलाई नेपाली, अंग्रेजी, फ्रेन्च, स्पेनिस, अरबिक र पोर्तुगिज गरी छ भाषामा अनुवादको व्यवस्था गरिएको छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...