CG Electronics
IME Life
NIMB

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । फिल्मकर्मीहरुले १७५ रुपैयाँ मै एक लाखसम्मको बिमा गर्न पाउने भएका छन् । सुर्यज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटे र चलचित्र संरक्षण मञ्चबिच उक्त आवधिक बिमा योजनाका विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम रखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा मञ्चका उप–महासचिव तेज गिरीसहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिनसिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सहमतिसँगै चलचित्र संरुक्षण मञ्चले आफ्ना सदस्य फिल्मकर्मीको बिमा प्रक्रिया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिएका छन् । उनले अन्य फिल्मकर्मीलाई पनि यो योजनाको लाभ लिनआग्रह गरेका छन् ।

फिल्मकर्मीहरुको कामका दौरान अथवा अन्य भवितव्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बिमा प्रक्रिया अघि बढाइएको महासचिव तेज गिरीले बताए ।

चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम एक लाखदेखि अधिकत २० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो ।
यस योजनामा वार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको विमा हुने ब्यवस्था छ भने उमेर र विमांक रकमअनुसार शुल्क फरक पर्न जाने उप–महासचिव गिरीले जानकारी दिए ।

फिल्मककर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सयभन्दा बढी सक्रिय सदस्यहरु रहेका छन् । मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आवद्ध सदस्यहरुलाई अत्यन्तै ठुलो लाभ मिल्ने विश्वास लिएका छन् ।
इन्स्योरेन्स कम्पनीका बरिष्ठ प्रमुखकार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्चमार्फत फिल्मकर्मीहरु सँग जोडिन पाउँदा खुशी लागेको र फिल्मकर्मीहरुको हितमा संस्थाले साथ र सहयोग गर्ने कुरा बताए ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...