Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

Machhapuchchhre Bank Limited

 

काठमाडौं । फिल्मकर्मीहरुले १७५ रुपैयाँ मै एक लाखसम्मको बिमा गर्न पाउने भएका छन् । सुर्यज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटे र चलचित्र संरक्षण मञ्चबिच उक्त आवधिक बिमा योजनाका विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम रखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा मञ्चका उप–महासचिव तेज गिरीसहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिनसिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सहमतिसँगै चलचित्र संरुक्षण मञ्चले आफ्ना सदस्य फिल्मकर्मीको बिमा प्रक्रिया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिएका छन् । उनले अन्य फिल्मकर्मीलाई पनि यो योजनाको लाभ लिनआग्रह गरेका छन् ।

फिल्मकर्मीहरुको कामका दौरान अथवा अन्य भवितव्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बिमा प्रक्रिया अघि बढाइएको महासचिव तेज गिरीले बताए ।

चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम एक लाखदेखि अधिकत २० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो ।
यस योजनामा वार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको विमा हुने ब्यवस्था छ भने उमेर र विमांक रकमअनुसार शुल्क फरक पर्न जाने उप–महासचिव गिरीले जानकारी दिए ।

फिल्मककर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सयभन्दा बढी सक्रिय सदस्यहरु रहेका छन् । मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आवद्ध सदस्यहरुलाई अत्यन्तै ठुलो लाभ मिल्ने विश्वास लिएका छन् ।
इन्स्योरेन्स कम्पनीका बरिष्ठ प्रमुखकार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्चमार्फत फिल्मकर्मीहरु सँग जोडिन पाउँदा खुशी लागेको र फिल्मकर्मीहरुको हितमा संस्थाले साथ र सहयोग गर्ने कुरा बताए ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३६

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल...