CG Electronics
IME Life
NIMB

हाइड्रोजन ग्यास उत्पादनलाई नीतिगत व्यवस्था जरुरी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले सरकारले हाइड्रोजन ग्यास उत्पादनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।

नेपालमा हाइड्रोजन र कार्बन व्यापारका चुनौती र अवसरहरू विषयक शनिबार राजधानीमा भएको कार्यक्रममा उनले विश्व नै हाइड्रोजन उत्पादनमा लागेको भन्दै नेपालमा पनि यसको सम्भावना रहेको बताए ।

उनले भने, ‘विश्व नै हाइड्रोजन उत्पादन गर्न व्यापक रुपमा लागि परेको छ । नेपालमा पनि यसको सम्भावना रहेको हुनाले यो सँग सम्बन्धित नीतिगत व्यवस्था स्पष्ट, सहज र दीर्घकालीन हुनुपर्छ ।

सरकारले सही नीति ल्याउने हो भने लगानीकर्ताहरु लगानी गर्न तयार हुन्छन् । सरकारले व्यापारिक प्रयोजनका लागि हाइड्रोजन उत्पादन, भण्डार, ढुवानी तथा वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न जरुरी रहेको विज्ञहरुले भन्दै आएका छन् । यसमा योजना बनाएर अगाडि बढ्न आवश्यक देखिन्छ ।’

नवीकरणीय इन्धनको रुपमा हाइड्रोजन ग्यासको प्रयोगका सन्दर्भमा नेपाल पनि अगाडि बढेको भन्दै चुलोमा खाना पकाउने सफल परीक्षणदेखि गाडी चलाउनेसम्म गतिविधि नै भएको उनले बताए ।

उनले भने, ‘नवीकरणीय इन्धनको रुपमा हाइड्रोजन ग्यासको प्रयोगका सन्दर्भमा नेपाल पनि अगाडि बढेको छ । नेपालमा हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्ने विषयको बहस डेढ दशक अगाडि भएको थियो, यद्यपि ५ वर्षयता यस सम्बन्धी बहस र गतिविधिले निकै तीव्रता पाएको छ । हालसम्म आइपुग्दा हाइड्रोजनबाट चुलोमा खाना पकाउने सफल परीक्षणदेखि गाडी चलाउनेसम्म गतिविधि नेपालमा नै भएका छन् ।’

नेपालमा जलविद्युत उत्पादन बढ्दै जाँदा बिजुली बजार खोल्ने सन्दर्भमा ग्रीन हाइड्रोजन इन्धन बहस पनि अगाडि बढेको छ । नेपालमा करिब २ हजार ८ सय ३७ मेगावाट विद्युत जोडिएको छ । बढी भएको विद्युत हाइड्रोजनमा परिणत गर्न सकिने जानकारी कार्यक्रममा दिएको थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...