Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

Machhapuchchhre Bank Limited

काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् ।

यो च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का टिजर र गीतहरूबाट स्क्रिनशट निकाली ‘मिम’ तयार गरी सोसल मिडियामा पोस्ट गर्नुपर्नेछ । यो च्यालेञ्ज विश्वका जुनसुकै स्थानबाट लिन सकिनेछ । जुनसुकै सोसल मिडियामा मिम पोस्ट गर्दा #Rangelimovie #rangelifalgun25 #rangeli ह्यासट्याग किवर्डहरू प्रयोग गरेको हुनुपर्नेछ ।

विजेता छान्दा चलचित्र टिमले सृजनशीलता र मिमले प्राप्त गरेको लाइक, शेयर र कमेन्टको सङ्ख्यालाई आधार मान्ने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । खतिवडाका अनुसार उत्कृष्ट मिम बनाउनेले नगद रु. १०,०००।- (दश हजार) र युमिडिजीको स्मार्टफोन प्राप्त गर्नेछन् । त्यस्तै, दश जनाले चलचित्र ‘रङ्गेली’को प्रिमियर शो को पास प्राप्त गर्नेछन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...