CG Electronics
IME Life
NIMB

लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले शानदार जित निकाल्दा दोस्रो स्थानको म्यानचेस्टर सिटी भने बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लिभपुलको जितमा ३५ औं मिनेटमा डार्विन ग्याब्रिएल नुनेज, ५५ औं मिनेटमा एलेक्सिस एलिस्टर, ६८ औं मिनेटमा मोहमद सलाह र ८६ औं मिनेटमा कोडी म्याथेसले एक गोल गाल गरेका थिए । ब्रेन्टफोर्डका लागि इभान टोनीले ७५ औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २५ अंकका साथ १४ औं स्थानमा छ ।

यसैगरी म्यानेचस्टर सिटीले चेल्सीसँग अंक बाडेको छ । सिटी र चेल्सीले एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् । रहिम स्र्टलिङले ४२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा रोड्रिले गोल गरेपछि सिटीले बराबरी गर्दै एक अंक लिन सफल भयो ।

बराबरीले सिटी ५३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा चेल्सी ३५ अंकका साथ १० औं स्थानमा छ । यसैगरी बर्नलेमाथि ५–० को एकतर्फी जित निकालेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ ।

आर्सनलको जितमा बकायो साकाले व्यक्तिगत २ गोल गर्दा मार्टिन ओडोगार्ड, लियोनार्दो ट्रोसान्ड र केइ हार्भाटेजले एक एक गोल गरेका थिए । आर्सनलसँग पराजित भएको बर्नले भने १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दा वुल्भ्सले टोटनह्यामलाई पनि २–१ को अन्तरमा स्तब्ध बनाएको थियो । त्यसैगरी नटिङघम फरेस्टले वेस्टह्याम युनाइटेडलाई २–० ले हार चखाउँदा न्युक्यासल युनाइटेड र एफसी बर्नमाउथले २–२ गोलको बराबरी खेले ।

 

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...