CG Electronics
IME Life
NIMB

सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत मन्दिरा अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् ।
भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.बिमा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लावान्वीत भएका हुन् ।

आँखा तथा दन्त सेवा अन्तर्गत आयोजित स्वास्थ्य शिविरबाट स्थानीय ७३२ जना लावान्वीत भएका हुन् ।

मातृका आई फाउन्डेसनको सहयोगमा डा।कृष्ण कुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गर्नुभएको आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा शिविरमा ३५६ जनाले सेवा प्राप्त गर्नुभएको थियो । जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत सङ्घले नै गरिदिने उहाँले जानकारी दिनुभयो ।

यस्तै डाक्टर ग्रेस जोशीको नेतृत्वमा पाँच भन्दा बढी दन्त चिकित्सकले शिविरमा दन्त सेवा प्रदान गर्नुभएको थियो । दन्त शिविरबाट भने ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिनुभयो ।

शिविरमा ८३ वर्षका ज्येष्ठ नागरिक देखि २ वर्षका साना बाबु नानीहरूले समेत सेवा लिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । यस्तै शिविरमा आँखाका समस्या भएका बिरामीहरूलाई निःशुल्क रूपमा औषधी तथा चस्माको समेत व्यवस्था संस्थाले नै गर्ने उहाँले जानकारी दिनुभयो ।

शिविरमा आफ्नो दाँतको ख्याल आफैले गरौँ भन्दै लक्ष्यजित मल्लले सेवा लिन आउने सम्पूर्णमा निःशुल्क रूपमा दन्त मन्जन र ब्रस वितरण गर्नुभएको थियो ।

सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको उक्त शिविरमा स्काउट भक्तपुरका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गरेका थिए ।

विद्यार्थी तथा समाजको सर्वागिंन विकासका लागि यो शिविरले कोसेढुंगाको काम गरेको सरस्वती मा।बिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिब पुरीले बताउनुभयो । शिविरका कारण विद्यालय तथा विद्यालय आसपासका बासिन्दाले आँखा तथा दाँतको निःशुल्क सेवा प्राप्त गर्नुका साथै उहाँहरुको लुकेको रोग पत्ता लाग्दा समाज नै स्वस्थ हुन यो शिविरले ठुलो सहयोग गरेको उहाँको भनाई थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...