CG Electronics
IME Life
NIMB

एनआईसी एशिया क्यापिटल ७ वर्ष पुरा, ७ वटा सेवामा ‘बम्पर अफर’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एनआईसी एशिया क्यापिटल संचालनमा आएको आज सात वर्ष पुरा गरेको छ । क्यापिटल स्थापना भएको सर्वसाधारणको रोजाइको कम्पनी बन्न सफल भएको छ ।

आधुनिक प्रविधिबाट सर्वसुलभ रुपमा मर्चेण्ट बैंकिङ्ग सेवा उपलब्ध गराई यस क्षेत्रमा नेतृत्वदायी मर्चेण्ट बैंकिङ्ग कम्पनीले आफ्नो व्यवसाय उत्साहजनक रुपमा विस्तार गर्न सफल भएको छ ।

 

क्यापिटल संचालनमा आएको सात वर्षमा आफ्नो शेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । क्यापिटलले सातौं वर्ष पुरा गर्दै गर्दा निक्षेप सदस्य सेवा अन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।

सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत ५.६ अर्ब भन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६७५ जना भन्दा बढी ग्राहकहरुबाट २ अर्ब भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत समेत छोटो अवधिमा नै २२ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ भने निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर, ४ वटा कम्पनीको हकप्रद शेयर र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै क्यापिटलको आइडिया टु आइपओि सेवा अन्तर्गत २२ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता गरी ५ वटा प्रा.लि. कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आइपिओ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भइसकेको छ ।

क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा “सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर” योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु आज मिति फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।

सातौं वार्षिक उत्सव: सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफरहरु निम्न बमोजिम रहेका छन् ।

(१) लगानी व्यवस्थापन सेवा अन्तर्गत :
लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र रु.७/- लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन् ।

(२) एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत :
एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड”को एसआएपिमा आज फाल्गुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले रु.५००/– बराबरको क्यापिटलको तर्फबाट एसआईपि रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपि बास्टरको सुविधा उपलब्ध गराईनेछ ।

(३) संस्थागत परामर्श सेवा अन्तर्गत:
एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत आइडिया टु आइपिओ सेवा संचालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा फाल्गुण २२ गतेदेखि २०८१ बैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र रु.७/- मा आइडिया टु आइपिओ सेवा अन्तर्गत आइपिओ जारी गर्ने तह सम्म पु¥याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

(४) डिम्याट खाता सेवाः
हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको एक हप्ताको लागि मात्र “रु.७०० मा लाइफ टाइम डिम्याट रिनुअल योजना सार्वजनिक गरेको छ ।

(५) मेरो शेयर सेवाः
हाल क्यापिटलले मेरो शेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “रु.७०० मा लाइफ टाइम मेरो सेयर रिनुअल योजना सार्वजनिक गरेको छ ।

(६) निःशुल्क डिम्याट खाता सेवा:
क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने ।

(७) शेयर रजिष्ट्रार सेवा अन्तर्गत:
हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र रु.७०० मा पहिलो एउटा कम्पनीलाई ओटिसि मार्केट मा सूचिकरण गरिदिने छ ।

यस एनआईसी एशिया क्यापिटलले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन पिएमएस सेवा लिइरहनु भएका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्नुहुने खाताहरु, सामूहिक लगानी योजनामा लगानी गर्नु भएको इकाईधनीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्णमा कम्पनी आभार व्यक्त गर्दछ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...