बुद्धि तामाङले लुटे नायीका केकी अधिकारीको सपना

Tuesday Mar 05, 2024
वि.सं.२०८० फागुन २२ मंगलवार ०४:३५

काठमाडौं । इलाम जिल्ला चुलाचुली घर भई हाल बेलायत बस्दै आएका साहित्यकार,गीतकार नरेश विक्रम नेम्वाङको शब्दमा रहेको लुट्यौ तिमीले गीत युट्युवमा सार्वजनिक भएको छ । चर्चित नायीका केकी अधिकारी तथा अर्का कलाकार बुद्धि तामाङको अभिनय रहेको सो गीतमा संगीतकार शिखर सन्तोषको संगीत रहेको छ भने भारतिय चर्चित गायीका सञ्जिवनी तथा अर्का चर्चित गायक राज सिग्देलले गीतमा स्वर भरेका छन् ।
बेलायत बस्दै आएका साहित्यकार,गीतकार नेम्वाङ विगत लामो समयदेखि साहित्य सिर्जना गर्दै आइरहेका छन् । बेलायतमै रहेर नेपाली गितसंगीतको सेवामा समर्पित रहेका साहित्यकार नरेश विक्रम नेम्वाङको यस गीतको म्युजिक भिडियो निर्देशन अहिलेका चर्चित म्युजिक भिडियो डाइरेक्टर निकेश खड्काले गरेका हुन । म्युजिक नेपालको उत्पादन रहेको यस गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।