CG Electronics
IME Life
NIMB

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’ देशभर रिलिज भएको छ । बुधवार भएको प्रिमियर शो बाट प्राप्त प्रतिक्रियाले अर्जुन दङ्ग छन् ।

अर्जुनका अनुसार ‘रङ्गेली’ रहस्यमयी नाम हो । उनी कसैले यसलाई रङ्ग, कसैले चराको नाम र फूलको नामसँग तुलना गर्छन् । पूर्वी नेपालमा जन्मिएका उनले आफ्नै भेगको कथालाई चलचित्रमा समेटेको बताए । ‘मैले चलचित्रका लागि जुन कथा रोजेँ, त्यो कथा त्यही क्षेत्रतिर भन्दा अलिकति राम्रो देखिएला जस्तो लागेर ‘रङ्गेली’ रोजेको हुँ । चलचित्रको कथा पुरै काल्पनिक छ, तर चलचित्रसँग जोडिएका केही चरित्रहरू भने ‘रियालिस्टिक क्यारेक्टर’ हुन् । ती चरित्र रङ्गेलीका भने होइनन् । कुनै चरित्र पथरी त कुनै चरित्र विराटनगर र विराटनगर पारिका छन्’, उनी भन्छन् ।

अर्जुन चलचित्र ‘रङ्गेली’लाई ग्याङस्टर मात्र नभई एउटा पात्रको ‘इमोसनल जर्नी’ मान्छन् । ‘त्यो पात्र दयाहाङ राईले निर्वाह गर्नुभएको छ । उहाँको इमोसन प्रस्ट देखाइएको छ । त्यो बिचमा उहाँले भोग्ने र बाँच्ने आधार बनाउन तथा एउटा ठाउँमा आफ्नो छाप छोड्नका लागि गर्ने गतिविधिहरू देखाइएको छ । त्यो बाटो अर्थात् ग्याङस्टरको बाटोले उहाँको जीवनमा आइपर्ने उतारचढाव यसमा छ’, अर्जुन भन्छन् ।

त्यसो त अर्जुनले फिल्म लेखिरहँदा उनलाई प्रेमकथा दिमागमा नआएको होइन । नेपाली चलचित्र क्षेत्रमा पछिल्ला वर्षमा प्रेमकथाका चलचित्र कमै आइरहँदा उनले प्रेमकथालाई अगाडि बढाउने विचार गरेका थिए । तर उनले प्रेमकथालाई छोडेर कमेडी कथा लेखे । त्यो स्क्रिप्ट केही कलाकारले पनि पढे ।

‘तर कमेडीकै लहर आइरहेको बेलामा मैले पनि त्यही ल्याएँ भने म पनि त्यही रुमल्लिन्छु वा तुरुन्तै हराउँछु कि जस्तो लागेर ग्याङस्टरको कथा रोजेँ । किनकि मलाई आफ्नो छाप पनि छोड्नु थियो’, उनी भन्छन् । अर्जुनका अनुसार उनी ग्याङस्टर जनराको कथा राम्रोसँग भन्न सक्नेमा ढुक्क थिए । ‘किनभने कमेडीमा मभन्दा पनि बादशाह यहाँ हिँडिरहनुभएको छ । त्यसमै हराएँ भने अर्को आयो, गयो थाहै हुँदैन । कमसेकम ‘रङ्गेली’ अहिले नोटिस त भइरहेको छ । नेपालमा नयाँ जनराको खाँचो पनि छ । किनभने राजनीतिक कमेडीभन्दा अरू केही आएको छैन’, अर्जुनले भने ।

अर्जुनले ‘रङ्गेली’को कथा लेखिरहँदा उनको दिमाग कोही पनि कलाकार आएका थिएनन् । अर्थात् उनी ‘ब्ल्याङ्क’ थिए । कथा लेखिसकेपछि मात्र उनले कलाकार को हुन सक्छन् भनेर सोच्न थाले । ‘मैले वीर विक्रम, लप्पन छप्पन र प्रसाद २ को ट्रेलर र चलचित्र हेरेपछि अर्पण थापालाई लिने निर्णय गरेँ । उहाँ शान्त किसिमको हुनुहुन्छ । त्यसपछि मिरुनासँग कुरा भयो । उहाँकै अनुरोधमा स्क्रिप्टमा केही ‘रिराइट’ भयो । हामीले दयाहाङ दाइले अर्कै क्यारेक्टरको अफर गरेका थियौँ । तर अहिले निभाएको क्यारेक्टर चुनौतीपूर्ण लागेपछि उहाँकै इच्छा अनुसार अहिलेको क्यारेक्टर दियौँ । दयाहाङ जस्तो मान्छेले अहिले निभाइरहेको क्यारेक्टर गर्छु भनेपछि नाइँ भन्ने कुरा नै आएन । त्यसपछि प्रवीणजी पनि जोडिनुभयो । यीबाहेक अन्य प्रमुख क्यारेक्टरमा डेब्यू कलाकार नै हुनुहुन्छ’, उनी भन्छन् ।

आफ्नो चलचित्रमा नाम चलेका कलाकार भएपछि अर्जुन सुटिङको फस्ट टेकमा ‘नर्भस’ पनि भएका रहेछन् । ‘किनभने ठुला कलाकारसँग काम कस्तो हुने, के हुने भन्ने थियो । तर काम गर्दै गएपछि सजिलो भयो । हाम्रो उमेर पनि उस्तै उस्तै भएको हिसाबले साथीजस्तो भइयो । मैले आफ्नो भिजन भन्थेँ, उहाँहरूले यसरी गर्न सकिन्छ भन्नुहुन्थ्यो’, उनले भने ।

चलचित्र ‘रङ्गेली’ पाँच सेड्युलमा पुरा भएको थियो । खास गरी चलचित्रका प्रमुख कलाकार दयाहाङ राईको व्यस्तताले पनि सुटिङको समयावधि लम्बिएको थियो । ‘नेपाली चलचित्रका व्यस्त कलाकार लिएपछि उहाँको व्यस्ततालाई हामीले बुझेका थियौँ । हामीले गर्मीदेखि जाडोसम्म काम गर्‍यौ । हामीलाई रिलिज डेट नजिकिँदै छ, चाँडो सक्न पाए हुन्थ्यो भन्ने थियो । तर हामीले सक्यौँ । पाँच सेड्युलमा काम गर्दा सिक्वेन्स बिग्रिएन’, अर्जुन भन्छन् ।

अर्जुनले रङ्गेलीको ४१ – ४२ डिग्रीसम्मको गर्मीमा काम गर्दा निकै सकस भएको सुनाए । ‘किचनका भाइहरू बेहोस नै हुनुभयो । हामी पनि झन्डै झन्डै ढलिसकेका थियौँ । लुगा भिजेर सुक्ने अवस्था थियो’, उनले भने । चलचित्रको सुटिङ गर्दा अर्जुनलाई लागेको चुनौती यसको क्यानभासकै रहेछ । आफूले खोजे जस्तो लोकेसन नपाएपछि उनले रङ्गेली बाहिर गएर पनि सुटिङ गरेका रहेछन् ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...