CG Electronics
IME Life
NIMB

पहिलो दिन नै ‘रङ्गेली’को उत्साहजनक व्यापार, देशभर ७० प्रतिशत बढी अकुपेन्सी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। रिलिजको पहिलो दिन नेपाली चलचित्र ‘रङ्गेली’ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठुलो सिनेमा हल क्यूएफएक्स सिनेमामा अपेक्षित शो सङ्ख्या नआएता पनि प्राप्त प्रायः शो हाउसफुल रहेका छन् ।

चलचित्रका वितरक गोविन्द शाहीले दिएको जानकारीअनुसार देशभर औसतमा मूल्याङ्कन गर्दा शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी रहेको छ । देशभरका कतिपय हलहरूमा हाउसफुल दर्शक देखिए भने कतिपयमा बढी जसो सिट भरिएका छन् । अधिकांश हलहरूमा शो टाइम सुरु हुने समयमा बिक्री भइरहेको कारण दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।

आफ्नै वरपरको जस्तो महसुस हुने समय अनुसारको कथा र कथा भन्ने शैली मन परेको प्रतिक्रिया दर्शकले दिएका छन् । यस प्रकारका चलचित्रहरू नेपालमा बन्न जरुरी रहेको र त्यो ‘रङ्गेली’मा पाएको दर्शकले बताएका छन् । चलचित्र नयाँ निर्देशकले बनाएको जस्तो नलाग्ने तथा कतिपय पहिलो पटक अभिनय गरेका कलाकारहरूलाई पनि अनुभवी अभिनयमा देखेको दर्शकको प्रतिक्रिया छ ।

दर्शकले चलचित्रको मेकिङ र क्लाईमेक्समा बढी मनोरञ्जन लिएको देखिएको छ । हलहरूमा दर्शकसँग साक्षात्कार गर्न पुगेका लेखक तथा निर्देशक अर्जुन सुवेदीले एकदमै धेरै उत्साहित भएको बताए । काठमाडौंको चाबहिलस्थित एफक्यूब सिनेमाजमा हाउसफुल दर्शकमाझ भेटिएका सुवेदीले आफू हिजोसम्म निकै ‘नर्भस्’ रहेको तर आज भने उत्साह थपिएको प्रतिक्रिया दिए । उनले भने, “दर्शकलाई मन परिरहेको छ भन्ने हल आएपछि थाहा पाएँ । ‘सेकेन्ड हाफ’को ‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले कसरी लिनुहुन्छ भन्ने शङ्कामा थिएँ तर त्यसैमा दर्शकले मनोरञ्जन लिएको पाएको छु । ब्याकराउन्ड स्कोरलाई लिएर पनि तारिफ भइरहेको रहेछ । कलाकारहरूलाई जसरी भिन्न तवरले पर्दामा ल्याउने कोसिस गरेँ त्यसमा म सफल भएको रहेछु । एकदमै खुसी छु ।”

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...