CG Electronics
IME Life
NIMB

सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण समितिलाई उपलब्ध गराउने निर्णय भएको बताएका छन् ।

मंगलबार समितिमा भएको बैठकमा उनले नेपालमा सञ्चालित सुर्ती, खैनी तथा गुट्का उद्योगको विवरण, उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउने भनेर निर्णय गरेर जानकारी दिएका हुन् ।

उनले भने, ‘आजको बैठकमा सुर्ती, खैनी तथा गुट्का उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भयो ।

 

थप विवरण उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय विवरण विभागबाट लिनुपर्ने भएको हुँदा विभिन्न किसिमका नेपालमा नै सञ्चालित सुर्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्का उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रुपमा हुने आयातको विवरण समेत समितिलाई उपलब्ध गराउने भनेर एउटा सानो निर्णय गरेर पठाउने भन्ने छ ।’

उक्त बैठकमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सचिव मुकुन्दप्रसाद निरौलाले लाइसेन्स होल्ड गरेर आफू अनुकुल कारखाना स्थापना गर्ने प्रवृत्ति धेरै रहेको भन्दै यसको लागि निर्देशन जान आवश्यक भएको बताए ।

उनले भने, ‘आफू अनुकुल कारखाना स्थापना गर्छन्, यसको लागि पनि निर्देशन जानु आवश्यक देख्छु । कस्तो छ भने लाइसेन्स लिएर होल्ड गरेर बस्ने, यसको लागि पनि निर्देशन आवश्यक छ ।’

यस्तै, उनले संघ, प्रदेश, स्थानीय तहमा उद्योग दर्ता गर्ने सन्दर्भमा विषयमा छलफल भइरहेको पनि उनको भनाई छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...