CG Electronics
IME Life
NIMB

स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं : सामान्य प्रशासनमन्त्री जोशी

NIMB
Himalayan Bank

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय स्थानीय सरकार भएकाले नगरपालिका तथा गाउँपालिकाहरु थप जिम्मेवार हुनुपर्ने बताएका छन् ।

मंगलबार नेपाल नगरपालिका संघको ३१औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले स्थानीय तहका प्रमुखहरुको हाकिमका लागि सिंहदरबार कुदेरै कार्यकाल पुरा गर्ने गरेको उल्लेख गर्दै संघीय संघीय निजामति ऐन बनेमा यसको समाधान हुने बताए ।

उनले भने, ‘अहिले हामी स्थानीय तहलाई केही निर्देशन दिन सक्ने अवस्थामा हामी पनि छैनौं । अहिलेसम्म एउटा ऐन ल्याउन सकेका छैनौं ।

संघ र प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था त बेहाल थियो नै सात सय ५३ वटै स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखहरुलाई विकास निर्माण भन्दा कर्मचारीलाई कसरी ल्याउने व्यवस्थापन गर्ने भन्नेमा मात्र ध्यान जाँदो रैछ ।

सिंहदरबार कुदेरै कार्यकाल सक्ने पनि छन् । संघीय निजामति ऐन सदनमा दर्ता भैसकेको छ । त्यो पास भएपछि अधिकांस समस्याहरु समाधान भएर जानेछन् ।’

पहिलेको सरकारले पेस गरेका विधेयक र सुरु गरेका कामहरु अहिले आफ्नो पोल्टामा आएको भन्दै मन्त्री जोशीले आफू जिम्मेवार भएर लाग्ने प्रतिवद्धता जनाए ।

मन्त्री जोशीले कोरोनाको प्रकोप फैलिरहेको बेलामा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै थप जिम्मेवार भएर लाग्न प्रतिनिधि संघहरुलाई आग्रह गरे ।

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...