CG Electronics
IME Life
NIMB

हेटौंडामा बसोबास गर्ने १९ जना विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनका लागि पठाइने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्ने १९ जना विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनका लागि पठाइने भएको छ । जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले प्रत्येक वडाबाट एक–एक जनाका दरले १९ जनालाई शत प्रतिशत छात्रवृत्तिमा जापानमा अध्ययनको व्यवस्था मिलाउने भएको हो ।

यस विषयमा जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच छलफल भएको छ । छलफलमा स्कुलका समन्वयकारी भूमिकामा रहेका सागर सापकोटाले कक्षा १२ पास गरेका र आर्थिक रुपले विपन्न १९ जना छात्रालाई सत प्रतिशत छात्रवृत्ति दिएर केयर गिभरको कोर्ष अध्ययनको प्रबन्ध मिलाउने बताए ।

उनले भने, ‘हामी ३ वर्षे कोर्षको लागि निःशुल्क छात्रवृत्ति दिएर छात्राहरुलाई जापानमा अध्ययनको प्रबन्ध मिलाउँछौँ । जसले गर्दा उहाँहरुले आर्थिक अभावका कारण अध्ययन छाड्नुपर्ने अवस्था पनि रहँदैन । उहाँहरुले त्यहाँ विभिन्न ज्ञान सिप आर्जन गर्नुहुन्छ र उहाँहरु भविष्यमा पुनः नेपाल फर्किएर केही गर्न सक्ने दक्ष जनशक्ति बन्नुहुनेछ ।’

उनले त्यसका लागि उपमहानगरपालिकाले आर्थिक रुपमा विपन्न छात्राहरुको पहिचान गरी कम्तिमा पनि जापनिज भाषा अध्ययनको प्रबन्ध मिलाइदिनुपर्ने बताए । छलफल पश्चात् उपमेयर राजेश बानियाँले विपन्न छात्राहरुको लागि यो राम्रो अवसर भएको र उपमहानगरपालिकाले त्यसका लागि आवश्यक समन्वय गर्ने बताए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...