CG Electronics
IME Life
NIMB

अमेरिकी राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । डेमोक्याट्रिक पार्टीबाट बर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो ।

 

डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरु रहेका थिए । उक्त सबै चुनौतीहरुलाई पछि पार्दै ट्रम्प नै रिपब्लिकन पार्टीबाट उम्मेदारको रुपमा अगाडि आएका छन् ।

 

अन्तिसम्म प्रतिस्पर्धामा रहेकी निक्की हेली चुनावी मोर्चाबाट हटेपछि ट्रम्पलाई सहज भएको हो । अमेरिकाको ७० वर्षको इतिहासमा पहिलो पटक लगातार दुई चुनावमा एउटै उम्मेदवार हुने छन् ।

 

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि डोनाल्ड ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो । अमेरिकामा डेमोक्याट्रिक र रिपब्लिकन पार्टीहरूले राष्ट्रपति पदका लागि प्राथमिक चुनावहरू जित्ने उम्मेदवारलाई मात्रै उम्मेदवार बनाउँछन् ।

बाइडेनलाई डेमोक्रेट क्याम्पबाट मनोनयन दौड जित्न १९६८ प्रतिनिधि चाहिन्छ । जर्जिया बाहेक मिसिसिपी, वाशिंगटन राज्य, उत्तरी मारियाना टापुहरूमा पनि बाइडेनको राम्रो समर्थन छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पलाई धेरै प्रमुख राज्यहरूमा राम्रो समर्थन मिलिरहेको छ । उम्मेदवारी स्वीकृत भएपछि बाइडेनले भने ट्रम्पको अभियानलाई ‘आक्रोश र बदलाको अभियान’ संज्ञा दिएका छन् ।

चार वर्षअघि सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएका थिए । पहिलो पटक क्यापिटल हिलमा ठूलो अशान्ति भएको थियो ।

अहिले पनि क्यापिटल हिल प्रकरणका आरोपीहरुलाई सजाय तोकिएको छ । ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा क्यापिटल हिल प्रकरणमा दोषी ठहरिएकालाई साजय माफ गर्ने बताइसकेका छन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...