CG Electronics
IME Life
NIMB

अर्थमन्त्री पुन भन्छन् ‘आगामी बजेट सन्तुलन मिलाएर ल्याइनेछ’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसद सदस्यहरुको सुझाव समेतका आधारमा आगामी बजेट तर्जुमा गरिने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधबार उनले संसदमा दिएका सुझावहरु बजेटमा समावेश हुने कुरामा शंका उत्पन्न भएको भन्दै सुझाव समेतका आधारमा बजेट तर्जुमा गर्ने बताए ।

 

उनले भने, ‘निवर्तमान अर्थमन्त्रीले सरकारको तर्फबाट पेस गर्नु भएको विनियोजन विधेयक २०८१ सिद्धान्त र प्राथमिकतामा पुनलेखन हुनुपर्ने विषय उठेको छ ।

 

सरकारका नीतिहरुमा स्थिरता कायम गर्नुपर्ने, राम्रो नीति कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र परिवर्तित सन्दर्भ अनुसारको आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्ने सन्तुलन मिलाएर आगामी बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने छ ।

 

पुनः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकाले सदस्यहरुको सुझाव समेतका आधारमा बजेट तर्जुमा गरिने छ ।’

आगामी वर्षको बजेट १६ औं योजनाको सोचअनुसार नै प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुने उनले बताए ।

उनले भने, ‘पेस भएको सिद्धान्त र प्राथमिकता संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख हुन नसकेको र सामाजिक न्यायको एजेण्डालाई उपेक्षा गरिएको कुरामा आगामी वर्षको बजेट १६ औं योजनाको सोचअनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुनेछ ।’

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचसहित योजनाका कार्यक्रमहरुको कार्यान्वयनबाट आगामी वर्ष संविधानमा उल्लेख भएअनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि ठोस आधार तय हुने पनि बताए ।

अर्थतन्त्रलाई चलायमान बनाउन र देखा परेका विभिन्न चुनौतीहरुका साथै मिटरब्याजी पीडित, सहकारी र लघुवित्तको समस्या समाधान गर्न विभिन्न कदम चाल्ने पनि उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...