Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अर्थमन्त्री पुन भन्छन् ‘आगामी बजेट सन्तुलन मिलाएर ल्याइनेछ’

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसद सदस्यहरुको सुझाव समेतका आधारमा आगामी बजेट तर्जुमा गरिने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधबार उनले संसदमा दिएका सुझावहरु बजेटमा समावेश हुने कुरामा शंका उत्पन्न भएको भन्दै सुझाव समेतका आधारमा बजेट तर्जुमा गर्ने बताए ।

 

उनले भने, ‘निवर्तमान अर्थमन्त्रीले सरकारको तर्फबाट पेस गर्नु भएको विनियोजन विधेयक २०८१ सिद्धान्त र प्राथमिकतामा पुनलेखन हुनुपर्ने विषय उठेको छ ।

 

सरकारका नीतिहरुमा स्थिरता कायम गर्नुपर्ने, राम्रो नीति कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र परिवर्तित सन्दर्भ अनुसारको आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्ने सन्तुलन मिलाएर आगामी बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने छ ।

 

पुनः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकाले सदस्यहरुको सुझाव समेतका आधारमा बजेट तर्जुमा गरिने छ ।’

आगामी वर्षको बजेट १६ औं योजनाको सोचअनुसार नै प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुने उनले बताए ।

उनले भने, ‘पेस भएको सिद्धान्त र प्राथमिकता संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख हुन नसकेको र सामाजिक न्यायको एजेण्डालाई उपेक्षा गरिएको कुरामा आगामी वर्षको बजेट १६ औं योजनाको सोचअनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुनेछ ।’

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचसहित योजनाका कार्यक्रमहरुको कार्यान्वयनबाट आगामी वर्ष संविधानमा उल्लेख भएअनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि ठोस आधार तय हुने पनि बताए ।

अर्थतन्त्रलाई चलायमान बनाउन र देखा परेका विभिन्न चुनौतीहरुका साथै मिटरब्याजी पीडित, सहकारी र लघुवित्तको समस्या समाधान गर्न विभिन्न कदम चाल्ने पनि उनको भनाइ छ ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...