CG Electronics
IME Life
NIMB

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो ।

नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।

दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरका संस्थापक पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तिलक प्रकाश कायस्थले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा उहाँले नेपाल भाषा साहित्यमा योगदान दिँदै आउनुभएका विभिन्न स्रष्टाहरूलाई बर्सेनि सम्मान गर्न पाउनु आफैमा गर्वको कुरा भएको बताउनुभयो । उहाँले नेपाल भाषा साहित्यको संरक्षण गर्न यस संस्थाले विक्रम सम्मत २०१० साल देखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको समेत जानकारी दिनुभएको थियो । आफ्नो कला संस्कृति तथा भाषाको रक्षा नगरे हाम्रो अस्तित्व नै लोप हुने समेत उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा कथाकार महेन्द्र गोपाल कर्माचार्य , कृष्णलाल प्रधान, योगेन्द्र प्रधान, प्रतिसरा सायमी,कृष्णलाल प्रधान,दीपचन्द्र साख लगायतका वक्ताले नेपाल भाषा साहित्यको संरक्षणका लागि सबैले योगदान दिनु पर्ने बताउनुभएको थियो ।

कार्यक्रमको सभापतित्व नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान बनेपाली(अगिव बनेपाली)ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सुमा श्रेष्ठले गर्नु भएको थियो  । उक्त कार्यक्रममा नेपाल भाषा साहित्यमा योगदान दिँदै आउनुभएका पाँच दर्जन भन्दा बढी साहित्यकार एवं साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...