Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित 

Machhapuchchhre Bank Limited

 

 

भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो ।

नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।

दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरका संस्थापक पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तिलक प्रकाश कायस्थले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा उहाँले नेपाल भाषा साहित्यमा योगदान दिँदै आउनुभएका विभिन्न स्रष्टाहरूलाई बर्सेनि सम्मान गर्न पाउनु आफैमा गर्वको कुरा भएको बताउनुभयो । उहाँले नेपाल भाषा साहित्यको संरक्षण गर्न यस संस्थाले विक्रम सम्मत २०१० साल देखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको समेत जानकारी दिनुभएको थियो । आफ्नो कला संस्कृति तथा भाषाको रक्षा नगरे हाम्रो अस्तित्व नै लोप हुने समेत उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा कथाकार महेन्द्र गोपाल कर्माचार्य , कृष्णलाल प्रधान, योगेन्द्र प्रधान, प्रतिसरा सायमी,कृष्णलाल प्रधान,दीपचन्द्र साख लगायतका वक्ताले नेपाल भाषा साहित्यको संरक्षणका लागि सबैले योगदान दिनु पर्ने बताउनुभएको थियो ।

कार्यक्रमको सभापतित्व नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान बनेपाली(अगिव बनेपाली)ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सुमा श्रेष्ठले गर्नु भएको थियो  । उक्त कार्यक्रममा नेपाल भाषा साहित्यमा योगदान दिँदै आउनुभएका पाँच दर्जन भन्दा बढी साहित्यकार एवं साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...