Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

लेखा समितिले हुलाकी राजमागबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने

 

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गको अहिलेसम्मको भौतिक प्रगतिबारे अर्थमन्त्रालयसँग जवाफ लिने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा हुलाकी राजमार्गको सम्बन्धमा छलफल गर्दै यस योजनाबारे अर्थ समितिले उठाएका प्रश्नहरुको अर्थमन्त्रालयसँग जवाफ माग्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेल बताए ।

उनले भने, ‘हुलाकी राजमार्गसँग अर्थले उठाएका जति पनि प्रश्नहरु छन्, भौतिक पूर्वाधार मन्त्रालय र हुलाकीका बारेमा अर्थसँग जोडिएका जे जति प्रश्नहरु छन्, यस बीचको विवाद के हो, हामी अर्थमन्त्रालयलाई सोध्नेछौं ।’

सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजनाहरु सम्पन्न गर्ने दायित्व सरकारकै रहेको उल्लेख गर्दै उनले घोषणा गरेका योजनाहरु पुरा नगरी नयाँ योजना नथप्न सुझाव दिने बताए ।

सभापति पोखरेलले राष्ट्रिय गौरवका योजनाहरुका सम्बन्धमा उजुरीको चाङ रहेको उल्लेख गर्दै व्यक्तिगत उजुरीहरु संसद सचिवालयमा पठाउने र संस्थागत उजुरीहरुमाथि समितिको आउँदो बैठकमा छलफल गर्ने जानकारी दिए ।

उनले भने, ‘यस समितिमा गौरवका योजनादेखि विभिन्न विकास निर्माणका योजनाका सम्बन्धमा उजुरीको चाङ छ । व्यक्तिगत र संस्थागत उजुरी छन् । व्यक्तिगत उजुरीहरु सचिवालयमा पठाउँछौं । संस्थागत उजुरीका सम्बन्धमा आउँदा बैठकहरुमा विवरणसहित छलफल गर्छौं ।’

त्यस्तै समितिले सुन तस्करी प्रकरण र दुरसञ्चार कम्पनी ऐनसेलको खरिदबिक्री सम्बन्धी अनुसन्धान गर्न गठित समितिले बुझाएको प्रतिवेदन मागि थप अध्ययन गर्ने निर्णय गरेको छ ।

 

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...