CG Electronics
IME Life
NIMB

लेखा समितिले हुलाकी राजमागबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गको अहिलेसम्मको भौतिक प्रगतिबारे अर्थमन्त्रालयसँग जवाफ लिने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा हुलाकी राजमार्गको सम्बन्धमा छलफल गर्दै यस योजनाबारे अर्थ समितिले उठाएका प्रश्नहरुको अर्थमन्त्रालयसँग जवाफ माग्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेल बताए ।

उनले भने, ‘हुलाकी राजमार्गसँग अर्थले उठाएका जति पनि प्रश्नहरु छन्, भौतिक पूर्वाधार मन्त्रालय र हुलाकीका बारेमा अर्थसँग जोडिएका जे जति प्रश्नहरु छन्, यस बीचको विवाद के हो, हामी अर्थमन्त्रालयलाई सोध्नेछौं ।’

सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजनाहरु सम्पन्न गर्ने दायित्व सरकारकै रहेको उल्लेख गर्दै उनले घोषणा गरेका योजनाहरु पुरा नगरी नयाँ योजना नथप्न सुझाव दिने बताए ।

सभापति पोखरेलले राष्ट्रिय गौरवका योजनाहरुका सम्बन्धमा उजुरीको चाङ रहेको उल्लेख गर्दै व्यक्तिगत उजुरीहरु संसद सचिवालयमा पठाउने र संस्थागत उजुरीहरुमाथि समितिको आउँदो बैठकमा छलफल गर्ने जानकारी दिए ।

उनले भने, ‘यस समितिमा गौरवका योजनादेखि विभिन्न विकास निर्माणका योजनाका सम्बन्धमा उजुरीको चाङ छ । व्यक्तिगत र संस्थागत उजुरी छन् । व्यक्तिगत उजुरीहरु सचिवालयमा पठाउँछौं । संस्थागत उजुरीका सम्बन्धमा आउँदा बैठकहरुमा विवरणसहित छलफल गर्छौं ।’

त्यस्तै समितिले सुन तस्करी प्रकरण र दुरसञ्चार कम्पनी ऐनसेलको खरिदबिक्री सम्बन्धी अनुसन्धान गर्न गठित समितिले बुझाएको प्रतिवेदन मागि थप अध्ययन गर्ने निर्णय गरेको छ ।

 

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...