CG Electronics
IME Life
NIMB

निर्माणाधीन संसद भवन पुगे सभामुख, निर्माण छिटो सक्न निर्देशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनको अवलोकन गर्दै निर्माण कार्य छिटो सक्न निर्देशन दिएका छन् ।

निर्माणाधीन संसद भवनको आइतबार अनुगमन गर्दै उनले भवनको भौतिक प्रगति गत वर्षमा जति हुने भनिएको थियो त्यसको आधा मात्र भएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘गत वर्ष मैले अनुगमन गर्दा जति हुने भनिएको थियो त्यसको ५० प्रतिशत जस्तो भयो । यदि निर्माण कार्य सम्पन्न भइहालेछ भने हिउँदे सत्र नै चलाउन सकिन्छ भनेको थिएँ । हिउँदे सत्र सकिँदा पनि निर्माण सकिएन । अझै कति लगाउनुहुन्छ थाहा छैन तर एक वर्षको अवधिमा अलिकति प्रगति चाहिँ देखियो ।’

त्यति राम्रो प्रगति नदेखिएको उल्लेख गर्दै सभामुख घिमिरेले यसका पछाडिका कारणहरुबारे छलफल गर्न आवश्यक रहेको बताए ।

‘निर्माणको गति सुस्त छ, यसका पछाडिका कारणहरुबारे छलफल गर्नुपर्छ । के अप्ठ्यारा छन्, के चुनौतीहरु छन् यसबारेमा बुझेर समाधान गरि छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ,’ उनले भने ।

भौतिक प्रगति कति भयो र पुरा हुने कति समय लाग्ला भनेर मात्र आफूले अनुगमन गरेको भन्दै घिमिरेले निर्माण कम्पनीलाई पुरस्कृत वा दण्डित गर्ने समय भइनसकेको बताए ।

सिंहदरबारको पुतली बगैंचामा संसद भवन निर्माण गर्न सहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण आयोजना समन्वय कार्यालय र निर्माण कम्पनी तुँदी सेक जेभीबीच २०७६ असोज १६ मा सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७९ असोजमा भवन निर्माण भइसक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण ६ महिना म्याद थप गरेर २०७९ चैतसम्म दिइएको थियो ।

निर्माण पूरा नभएपछि दोस्रोपटक एक वर्ष म्याद थप गरिएको थियो ।
त्यो म्याद यही चैत मसान्तमा सकिन लागेको छ । चालु महिनाभित्र पनि निर्माण पुरा हुने अवस्था भने छैन ।

संसद भवनको निर्माण लागत ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ छ । निर्माणाधीन संसद भवन अत्याधुनिक किसिमको हुने र डेटा, सेक्युरिटी सिस्टमलगायत सबै नयाँ प्रविधिअनुसार बनाइँदै छ ।

उक्त भवनको आयु करिब एक सय वर्षसम्म रहने र त्यो समयसम्म आएका नयाँ प्रविधिमा केही मात्रै परिमार्जन गर्ने गरी अहिले नै भवन बनाउन लागिएको छ ।

सिंहदरबारभित्र १ सय ७३ रोपनी क्षेत्रफलमा संसद भवन निर्माणाधीन छ । उक्त भवनमा संघीय संसद भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबी, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत ११ भवन बन्दैछन् ।

१ सय ५१ रोपनीमा भवन तथा संरचना तथा अन्य क्षेत्रमा खुला ठाउँ, चौर, बगैंचा, सडकपेटी बन्ने छन् । संसद भवन परिसरमा बन्ने सबै भवन काठमाडौंका स्थानीय वास्तुकला झल्कने खालका हुनुका साथै हाइटेक आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिअनुसार निर्माण भइरहेको छ ।

वार्षिक करोडौं भाडा तिर्दै सरकार

संसद भवन निर्माणमा ढिलाइ हुँदा सरकारले वार्षिक करोडौं रुपैयाँ भाडा तिर्दै आएको छ । २०६५ सालदेखि सरकारसँग आफ्नै संसद भवन छैन । जसका कारण नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोग गरिरहेको छ ।
सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १६ करोड ५० लाख रुपैयाँ भाडा तिर्नुपर्छ ।

२०६५ मा संसदका काम कारबाही सञ्चालन गर्न वार्षिक ९ करोड रुपैयाँ तिर्ने सर्तमा सरकारले भाडामा लिएको थियो । तर, २०७९ सालसम्म आइपुग्दा भाडा बढेर वार्षिक साढे १६ करोड रुपैयाँ पुगेको संसद सचिवालयले जनाएको छ ।

सम्मेलन केन्द्रमा लगानी बोर्ड र कानुन आयोगको कार्यालय बसेका कारण २ करोड रुपैयाँ ती दुई वटा कार्यालयले तिर्ने गर्छन् । बाँकी साढे १४ करोड भने संसद सचिवालयले तिर्दै आएको छ ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...