Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

Machhapuchchhre Bank Limited

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएकी छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उनले आग्रह गरिन्।

पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले मान्ने राष्ट्रको नेता भएको भन्दै मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताइन् । ‘पत्रकार महासंघको स्थापनाका सन्दर्भमा महासंघ आफैले संवाद सुरु गरेको छ । यो विषयले पक्कै पनि टुंगो लाग्नेछ भन्ने विश्वास व्यक्ति गर्दछु’, उनले भनिन्, ‘मलाई लाग्छ यो विषय सिंगो पत्रकारिता क्षेत्रको गौरवसँग जोडिएको विषय भएकाले यसले पक्कै पनि छिट्टै अगाडि बढ्नेछ । सत्य तथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।’

समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा अझ बढी भन्दा बढी जनताका कुराहरू बाहिर ल्याउन सक्नुपर्ने बताइन् ।

‘सत्यनारायण जिले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई संगठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ’, उनले भनिन्, ‘त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासंघले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

आफूले पनि ६ महिना रेडियो नेपालमा पत्रकारिता गर्ने अनुभव बटुलेको स्मरण गर्दै मन्त्री चौधरीले यस क्षेत्रमा देखिएको समस्याको समाधानका लागि सबैले ध्यान दिनुपर्ने बताइन् । पेशा व्यवसायसँगै आफ्ना अन्य जिम्मेवारी व्यवस्थापन गर्नुपर्दा केही अप्ठ्यारा हुँदाहुँदै पनि पत्रकारिता क्षेत्र अन्य पेशा भन्दा फरक क्षेत्र रहेकाले यस क्षेत्रमा काम गर्न सकेमा समाजमा स्थापित हुन सकिने उनको भनाई थियो ।

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्व संघीय उपाध्यक्ष दिपिन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्क्षा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिएको थियो ।
फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगरले जानकारी दिएकी थिइन् ।

त्यस अवसरमा बोल्दै फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासंघको स्थापना सम्बन्धी विवादलाई टुंगो लगाउनुपर्ने बताएका थिए ।

 

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...