Nabil Bank
prabhubank
nic bank

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपश्चात् सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रति हजारका दरले बोनस पाउने भएका छन् । यस बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना रहेका छन् ।

त्यसैगरी, कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ । सोही बीमालेखको जीवन समुन्नत बीमा योजनामा कम्पनीले बीमितलाई न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १ र विकल्प २) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ । त्यस्तै, यही बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क योजनामा बीमितले न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखको जीवन साहारा र अनमोल जीवन बीमा योजनामा बीमितलाई न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । यता, अग्रिम झुक्तानी सावधिक बीमालेखको जीवन सम्वृद्धि योजनाको सबै बीमा अवधिमा बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक बीमालेखको सबै बीमा अवधिमा कम्पनीले बीमितलाई समान ५० रुपैयाँ बोनस दिने भएको छ । यस बीमालेखमा धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती छोराछोरी र सदावहार जीवन बीमा योजना रहेका छन् ।

त्यस्तै, बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमालेको नौलो जीवन सम्वृद्धि बीमा योजनाको सबै बीमा अवधिमा ५१ रुपैयाँ बोनस पाउनेछन् । यता, अन्य बीमालेखको जीवन सारथी योजनामा बीमितलाई कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९।८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी...

वि.सं.२०८१ वैशाख ३० आइतवार २२:०४

  काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई...

प्रभु बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुट

प्रभु बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुट

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:५५

    काठमाडौं । चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा...

सांग्रिला डेभलपमेन्ट बैंकले  महेन्द्र राष्ट्रिय माध्यमिकका विद्यार्थीहरूलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकले  महेन्द्र राष्ट्रिय माध्यमिकका विद्यार्थीहरूलाई...

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:४९

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महेन्द्र राष्ट्रिय माध्यमिक...

कुमारी बैंक र फिट लाइफ क्लबबीच विशेष छुट सम्झौता

कुमारी बैंक र फिट लाइफ क्लबबीच विशेष...

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:४३

  काठमाडौं । कुमारी बैंक लिमिटेड र कैलालीस्थित फिट लाइफ...

सेयर बजार ८.२६ अंकले बढ्यो, कारोबार रकममा सुधार

सेयर बजार ८.२६ अंकले बढ्यो, कारोबार रकममा...

वि.सं.२०८१ वैशाख ३० आइतवार १८:५५

  काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार छ...

सानिमा रिलायन्सको मुनाफा दोब्बरले वृद्धि,जीवन बीमा कोषमा साढे १३ अर्ब

सानिमा रिलायन्सको मुनाफा दोब्बरले वृद्धि,जीवन बीमा कोषमा...

वि.सं.२०८१ वैशाख २९ शनिवार २३:२८

काठमाडौं । सानिमा रिलायन्स लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय...