API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

प्रभु बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुट

 

 

काठमाडौं । चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा प्रभु बैंक लिमिटेडका ग्राहकलाई छुट हुने भएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिचचिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका हस्पिटल डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा पेश गर्नुपर्ने छ ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट र मा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ । नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानितप्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय...

वि.सं.२०८१ माघ ५ शनिवार २२:३९

काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ...

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई सहयोग कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:५२

  काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा...

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २०...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:३५

  काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२७

काठमाडौं । कामना सेवा विकास बैंकले ३३ हजार ८५२ कित्ता...

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२४

  काठमाडौं। सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको...

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२२

  काठमाडौं । नेपाल एसबिआई बैंकको प्रबन्धक संचालक तथा प्रमुख...