CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीहरुलाई सम्मानित गर्नुका साथै कर्मचारीहरुको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका हुन् । सम्मानित हुनेहरुमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होम कुमारी बस्नेत रहेका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा गरेको समर्पण प्रति हार्दिक आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउन सफल हुने कर्मचारीहरू प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गरे । साथै अबको यात्रामा पनि सोहि अनुरुपको योगदान रहनेमा विश्वास प्रकट गरे ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

सोहि मान्यता अनुरुप भर्खरै मात्र ज्योति विकास बैंकले १५ जना शारीरिक रुपले भिन्न रुपमा सक्षम नागरिकलाई कृत्रिम हात प्रदान गरेको थियो। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०९:०४

काठमाडौं — GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club...

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०८:३७

काठमाडौं। CG Motocorp ले नेपालभर नयाँ Suzuki e Vitara विद्युतीय...

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २३:०३

  काठमाडौं, वैशाख ३१, २०८३ – भिभोले नेपाली बजारमा आफ्नो...

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:०१

  काठमाडौं, नेपाल — Midea ले नेपाली बजारमा आफ्नो नयाँ...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा उपहारको वर्षा

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:४१

काठमाडौँ । नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनप्वाइन्ट्सले आफ्नो बहुप्रतीक्षित...

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई CSR पहलमार्फत सहयोग

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई CSR...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:३५

काठमाडौं, नेपाल । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै...