CG Electronics
IME Life
NIMB

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ, २४ वैशाख– करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ ।

गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गरे । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् ।

ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मुल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन् । यसैबीच आन्तरिक राजश्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ ।

सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिए । समीक्षामा उनले राजश्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए ।

तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गरे ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...